BREAKING NEWS

Saturday, August 22, 2015

लेखनाथ हार्डवयर एसोसियसनको दोस्रो साधारण सभा सम्पन्न


लेखनाथ : लेखनाथ हार्डवयर एसोसियसनको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघका अध्यक्ष संञ्जिब बहादुर कोईरालाले ब्यबसायमा चुनौति र अबसर दुवै भएकोले नाफा मुखि ब्यवसाय मात्र नगरी गुणस्तर र सेबामा ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।
ब्यवसायिक आचार संहितामा रहन ब्यवसायीहरुलाई आग्रह गर्दै, कोईरालाले उपभोक्ताको बर्षौको कमालाईलाई खेर नजान दिन भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि सल्लाह र सुझाव दिन आग्रह गरे । उनले नेपालका अधिकांस भूभाग भूकम्पीय दृष्टिले जोखिमयुक्त रहेकाले भूकम्पप्रतिरोधी निर्माणमा जोड दिनुको विकल्प नभएको उल्लेख गरे ।

कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले समृद्ध लेखनाथको परिकल्पनामा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले कर्मचारी भ्रष्टाचारी, उद्योगी ब्यवसायी कालोबजारी भन्ने आरोपबाट मुक्त हुन पनि काम गरेर देखाउनु पर्ने बेला आएको उल्लेख गर्नु भयो ।
लेखनाथ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई र प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले हार्डवयर व्यवसायीबाट व्यवसायीक एकताको पाठ सिक्नु पर्नेमा जोड दिए ।
लेखनाथ हार्डवयर एसोसियसनका अध्यक्ष ऋषिराम भण्डारीले सस्थाको बर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रममा बार एसोसियसन कास्कीका अध्यक्ष खगेन्द्रराज आचार्य, भगबती हाईडोपावरका निर्देशक ईन्जिनियर बसन्त मोहन भटराई, लेखनाथ हार्डवयर एसोसियसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा र बरिष्ठ सल्लाहकार भक्तबहादुर केसीले मुल्यमा एक रुपता दिदै ग्राहकलाई सहि सुचना प्रवाह गर्नु पर्ने कर्तब्य ब्यवसायीमा निहित हुन जरुरी भएको बताएका थिए ।
सोही अवसरमा लेखनाथ नगरपालिकाका ईन्जिनियर रविचन्द्र घिमीरे, बेगनासताल बस संचालक समितिका अध्यक्ष बुद्धिनाथ बास्तोला, अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष शिबप्रसाद भण्डारी, सामुदायीक सेबा केन्द्रका अध्यक्ष दयाराम तिबारी र अघाँखाची सिमेण्टका प्रतिनिधी जीबन न्यौपानेले ब्यवसायीहरुले दिने सेबा गुणस्तरिय बनाउन सुझाब दिएका थिए ।
अर्जुन पंगेनीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रमको संचालन लेखनाथ हार्डवयर एसोसियसनका महासचिब गोविचन्द्र बास्तोलाले गरेका थिए भने धन्यबाद ज्ञापन प्रथम उपाध्यक्ष शैलेन्द्रमोहन भटराईले गरेका थिए । साधारण सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन सामान्य संसोधन सहित पारित गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । एशोसियशन अन्र्तगत ५८ जना भन्दा वढी व्यवसायी आवद्ध रहेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .