BREAKING NEWS

Saturday, August 22, 2015

सिटीको सोहृौं शाखा कास्कीको लामाचौरमा


पोखरा, भाद्र ५
२०६४ सालमा स्थापना भई समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित,आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको सिटी डेभलपमेण्ट बैंकको सोहृौं शाखाकोे रुपमा पोखराको लामाचौरमा  भाद्र ०५ गते शनिबारका दिन समुद्घाटन भएको छ । 
उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. युवराज खतिवडाले बैंकको तर्फबाट पर्यटकीय नगरी पोखराको उत्तरी भागमा अवस्थित माछापुछ्रे कृषि केन्द्र पुरुञ्चौर, गण्डकी ट्राउट फार्म सार्दिखोला र अन्नपुर्ण क्षेत्रदिप रेन्वो ट्राउट कृषि अनुसन्धान केन्द्र सार्दिखोलाले यस क्षेत्रलाई नेपाल अधिराज्यभर चिरपरिचित गराउन र ग्रामीण इलाकामा रोजगारीको अवसर श्रृजना गर्न सफल व्यवसायीहरुको उच्च मूल्यांकन गर्दै सम्मान पत्र वितरण गरी शाखा कार्यालयको उद्घाटन भएको थियो । 
मन्तब्यको क्रममा डा.खतिवडाले समावेशी आर्थिक विकासले नै समावेशी राज्यको सम्पुर्ण पक्षलाई समेट्न सक्ने र त्यसको लागि क्षेत्रगत लगानी गर्नुपर्ने अवधारणा अन्तर्गत कृषि क्षेत्रको लगानीमा जोड दिंदै आइरहेको बेला सिटी डेभलपमेण्ट मार्फत ६ प्रतिशत ब्याजदरमा कृषि कर्जा लगानीको अफर लेटर वितरण गर्न पाँउदा आफलाई खुशी लागेको कुरा ब्यक्त गर्दै बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
बैंकले कास्की, तनहुँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायतका जिल्लाका जम्मा १६ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिनुभएको थियो ।
नेपाल राष्ट्र बैंकको कृषि कर्जा क्षेत्र अन्तर्गत पर्ने सबै कृषि कर्जा सुलभ ब्याजदरमा सरल तरिकाले उपलब्ध गराउन लागेको सो बैंकको चुक्तापुँजी रु ४६ करोड ८१ लाख ६० हजार रहेको बैंकले २०७२ आषाढ मसान्त सम्ममा रु ५ अर्ब ६ करोड निक्षेप संकलन, रु ४ अर्ब १६ करोड कर्जा लगानी गरि रु. २४ करोड १५ लाख संचालन मुनाफा आर्जन  गर्न सफल भएको  छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .