BREAKING NEWS

Saturday, August 29, 2015

नेपाललाई यु १९ साफ च्याम्पियनसिप फुटबलको उपाधि, भारत टाइब्रेकरमा पराजित


काठमाडौं १२ भदौ ।  
नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।
यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमले एक एक गोल गरेका थिए । ३१ औं मिनेटमा तेज तामाङले गरेको गोलबाट नेपालले लिएको अग्रता खेल सकिन ३ मिनेट मात्र बाँकी हुँदा गुमाएको थियो ।
८७ औं मिनेटमा दिनेश राजबंशीले डी बक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले बराबरी गोल फर्काका थिए ।
जितसँगै नेपालले डेढ हप्ता अघि १६ वर्षमुनिको साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला पनि लिएको छ । बंगलादेशमा भएको १६ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित हारेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .