BREAKING NEWS

Saturday, August 22, 2015

हिन्दु राष्ट्र कामय गर्नु पर्छ ः गुरुमहाराज आचार्य

लेखनाथ,५भदौ।
हिन्दु राष्ट्र संरक्षण अभियानका अध्यक्ष गुरुमहाराज डाक्टर लेखनाथ आचार्यले अव बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र कायम गरिनु पर्नेमा जोड दिएका छन्।
हिन्दु राष्ट्र संरक्षण अभियान लेखनाथको आयोजनामा शनिबार राखिएको बृहत धार्मिक प्रबचनमा बोल्दै आचार्यले राष्ट्र र राष्ट्रियताको रक्षार्थ नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने अभियानमा जो जहाँ छ त्यहीबाट जुट्न आग्रह गरे।
सोही अवसरमा बोल्दै भगवत् भाष्कर कमलनयन गौतमले जबर जस्ती र पैसाको लोभ लालचमा धर्म परिबर्तन गराउनेहरु प्रति  बौद्ध र हिन्दु धर्मावलम्बीहरु मिलेर सामना गर्दै नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गराउने अभियानमा एक जुट भएर अगाडी वढ्न आग्रह गरेका थिए।
हिन्दु राष्ट संरक्षण अभियान लेखनाथका संयोजक डिल्लीरमण बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्य विष्णु सुवेदीले स्वागत र सह संयोजक महेश्बर आचार्यले संचालन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .