BREAKING NEWS

Wednesday, August 26, 2015

आदर्श युबा क्लबका पदाधिकारीको पदस्थापन

लेखनाथ,९ भदौ।
आदर्श युबा क्लबको १७औं बार्षिक साधारण सभा तथा नवौ अबिधेसनबाट नब निबार्चीत पदाधिकारीहरुको बुधबार एक कार्यक्रमका विच पदस्थापित गराईएको छ।
जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख यमबहादुर गुरुङले अध्यक्ष सहित क्लबका पदाधिकरीहरुलाई पद तथा गोपनियताको सफथ गराएका थिए।
निर्बाचन समितीका संयोजक मदन प्रसाद तिबारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका नव निर्बाचित अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी,उपाध्यक्ष राजेश कुमाल,सचिब खड्क बहादुर गुरुङ,सह सचिब ईमान गुरुङ र कोषाध्क्षमा डम्बर बहादुर गुरुङ र सदस्यहरुमा हरि कार्की,किसान गुरुङ,सरोज लामा,ओमप्रसाद गुरुङ,राजन गुरुङ र लक्की पुनले आफनो पद तथा गोपनियताको सफत खाएका थिए।
कार्यक्रममा निर्बाचन समितिका सदस्य ज्ञानेन्द्र भटराई,क्लबका निर्बतमान अध्यक्ष विशाल श्रेष्ठ,सस्थापक अध्यक्ष चेतबहादुर गुरुङ र ङयोए तमु धि लेखनाथका अध्यक्ष जंगबहादुर गुरुङ लगाएतले आ आफनो धारणा राखेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .