BREAKING NEWS

Monday, August 17, 2015

रेडक्रस कास्कीको गोष्ठी सम्पन्न


विष्णु पौडेल
पोखरा,३१ साउन
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीले ३३ औं जिल्ला स्तरीय जुनियर तथा २२ औं शिक्षक नायक गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी जुनियर रेडक्रस सर्कल भद्रकाली उमाविको व्यवस्थापनमा सम्पन्न भएको हो । गोष्ठीमा यस वर्षका उत्कृष्ट शिक्षक नायक शितला सामुदायिकका रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । गोष्ठीमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपमहामन्त्री हरीप्रसाद न्यौपानेले रेडक्रसक्रमिहरुले रेडक्रसका सिद्धान्तहरुमा ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै कास्की शाखाका सभापति बामदेव ढुङ्गानाले विपतीमा सहयोगी बन्न आग्रह गरे । भद्रकाली उमाविका सहायक प्रअ राजेन्द्र भण्डारी र शिक्षक लोकचन्द्र खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा जुनियर रेडक्रस सर्कल भद्रकाली उमाविका संरक्षक घनश्याम रिजालले धन्यवाद ज्ञापन तथा जुरेश सभापति अभय आचार्य कार्यक्रमको अध्यक्षता गरेका थिए । गोष्ठीमा रेक्रसमा आवद्ध विद्यालयहरु मध्ये ८९ वटा जुरेशका विद्यार्थीृ तथा शिक्षक नायकहरुको सहभागिता रहेको रेडक्रसका आजिवन सदस्य विष्णुहरि पौडेलले जानकारी दिएका छन् ।गोष्ठीमा २०७१ सालको एसएलसीमा रेडक्रस सर्कल रहेका विद्यालय मध्येबाट सामुदायीक तर्फबाट उत्कृट छात्र शान्त उमावि सराङ्गकोटका सुजन तिमिल्सीना छात्रा शितला देवी सामुदायीककी पम्फा राना त्यस्तै संस्थागत तर्फ गण्डकी आवसीयका सन्तोष कार्की र छात्रा एस आ ेएसकी जागृती गिरी सम्मानित भएका थिए ।
गोष्ठीमा वर्षका उत्कृष्ट सर्कलहरुमा सान्त्वना क्षेत्र नं १ बाट रत्नशोभा उमावि २ बाट कास्की मोडर्नाइज्ड ३ बाट सृजना उमावि ४ बाट कालिका उमावि कास्कीकोट सर्कल, जिल्लाभरबाट तृतिय करुणानिधि सर्कल दितिय जनप्रिय उमावि र प्रथम महेन्द्र उमावि पोखरा सर्कललाई पुरस्कृत गरिएको थियो । २ दिवसीय उक्त गोष्ठीमा रेडक्रस अभियान , सडक सुरक्षा ,जुरेशका दायित्व विषयमा प्रशिक्षकहरु खेमराज सापकोटा, देवनारायण पौडेल, कृष्ण तिमिल्सीना, शुक्रराज सुवेदी,गणेश कोइराला लगायतले र दूधकाशी गुरुङ्गले बालअधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए । वार्षिक प्रतिवेदन पारित गर्दै कार्यक्रमको बाडफाड समेत गरिएको गोष्ठीमा जुनियर युवा समितीका संयोजक राजेश कुमार घिमिरे भद्रकाली बहुमुखी क्यामपसका अध्यक्ष बजिरमान श्रेष्ठ, शिक्षक अभिभावक संघका लोकबहादुर कार्की शिक्षक नायक झकबहादुर प्रधान सहनायक प्रविन गुरुङ्ग लगाएत रेडक्रसका जिल्ला सदस्यहरुले रेडक्रसको महत्वबारेमा बोलेका थिए । आयोजक सर्कलका तर्फबाट विविध मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .