BREAKING NEWS

Sunday, August 23, 2015

बन्दका विरुद्धमा लेखनाथमा मोटरसाईकल रयाली



लेखनाथ, ६ भदौ। 
आदीबासी जनजाती महासंघले आब्हान गरेको दुई दिने नेपाल बन्दका विरुद्धमा आईतबार कास्कीको लेखनाथमा स्थानीय बासिन्दा तथा ब्यवसायीहरुको सहभागितामा मोटरसाईकल ¥याली निकालीएको छ।
बन्द सदाका लागि बन्द गर्रौ, लेखनाथ खुल्ला छ,बर्बादीको बाटो रोक बन्दको विकल्प खोज, बन्दको नाममा जनतालाई दुःख दिन नपाईने भन्दै स्वतस्फुर्त रुपमा लेखनाथको शिसुबाबाट  निश्किएको मोटरसाईकल ¥याली बेगनासताल,खुदी,पाबरहाउस,तालचोक,अर्घौ,बुढिबजार,विजयपुर हुदै पुन शिसुबाचोकमा पुगी समापन गरिएको थिए।
बन्दले कसैको पनि भलो नगर्ने भन्दै निश्किएको ¥यालीका सहभागीहरुले लेखनाथ नगर क्षेत्रलाई बन्द निशेदित क्षेत्रका रुपमा स्थापित गर्नु पर्ने नारा लगाउदै नगरको परिक्रमा गरेको सहभागी प्रेम श्रेष्ठले जानकारी दिएका छन्।
यसै विच बन्दको विरुद्धमा निश्किएको ¥यालीलाई तालचोकमा रहेका बन्दकर्ताले अबरोध गर्न खोज्दा झडपको स्थति आउन थालेपछि प्रहरीको सहयोगमा ¥यालीलाई अगाडी बढाईएको थियो।
बन्दका कारण लेखनाथको जनजिबन समेत प्रभाबित भएको थियो। बन्दले नगरका मुख्य मुख्य ब्यापारीक केन्द्र पुर्ण रुपले बन्द भएका थिए भने भित्री बजार भने आम्सीक रुपमा खुलेको देखिन्थो। बन्द कर्ताहरु भने लेखनाथको तालचोक,अर्घौ,पावरहाउस,बुढिबजार र भण्डारढिक चोकमा बसेको देखिन्थो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .