BREAKING NEWS

Friday, August 21, 2015

लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचनमा युबा ब्यवसायीहरुको चासो वढ्दो


लेखनाथ,४भदौ।
आगामी असोज २ र ३ गते हुन लागेको लेखनाथ उद्योग बाणिज्य संघको १९र्औ बार्षिक साधारण सभा तथा १०औं महाधिबेशनमा युबा ब्यवसायीहरुको चासो बढेको देखिएको छ।संघको विधानले अध्यक्ष सहित खुल्ला सदस्यमा १०,महिला सदस्यमा एक,एशोसियट सदस्यमा एक र सस्थागत तर्फ एक गरी १३ सदस्यीय कार्यसमितिको चयन गर्ने ब्यवस्था रहेकोमा अध्यक्ष पदमा दुई र सदस्यहरुतर्फ दुई दर्जन भन्दा बढि ब्यवसायीहरुले उमेदबारी दिने चर्चा परिचर्चा चलिरहेको छ। सदस्य पदका लागि ४० बर्ष मुनिका नयाँ र पुराना अनुहारहरु चुनावी मैदानमा आउने चर्चाले संघमा युबा ब्यवसायीहरुको बाहुल्यता रहने पुर्वानुमान गर्न सकिन्छ।   असोजको पहिलो सातामा हुन लागेको चुनाबी अधिबेसनका लागि संधका प्रथम उपाध्यक्ष  लक्ष्मीप्रसाद त्रिपाठी र पुर्ब सदस्य तथा गत बर्ष अध्यक्षका प्रत्यासी उमेदबार एल के शर्माले अध्यक्ष पदका लागि उमेदबारी दिने घोषणा गरिसकेका छन्। अध्यक्षका दुबै जना उमेदबार आफुले जित्ने तर्क राख्दै प्रचार प्रचारमा जुटेको देखिन्छ।संधको नयाँ नेतृत्बको लागि यस पटक पनि दुई समुह स्पष्ट रुपमा देखिने सम्भावना बढिरहेको अवस्थामा संघका बर्तमान कार्यसमिीतका प्राय सवैले पुन उमेदबारी दोहो¥याउने र नयाँ अनुहारका उमेदबारहरुले पनि उत्साहका साथ प्रचार प्रसारमा अगाडि वढेको अवस्थामा को फालिने र कुन नयाँ अनुहार भित्रिने हुन भन्न सकिने अवस्था छैन। सदस्य पदका लागि उमेदबारी दिने तयारीमा रहेका प्राय जसो उमेदबारहरु युबा रहेकाले आगामी कार्यसमितीमा युबाहरु कै बर्चश्ब रहने सम्भाबना बढेको छ।
 जसमा पुरानो अनुहार तर्फ उप महासचिब भरतकुमार अधिकारी, कोषाध्यक्ष छत्रधर आत्रेय, ऋषिराम जमकटेल, बिनोद श्रेष्ठ, प्रशान्तराज धमला र गोपिचन्द्र बास्तोला रहेका छन्। यसै गरि नयाँ अनुहारमा फर्निचर ब्यवसायी समिति पोखराका सह सचिब उपेन्द्र सुबेदीराजु ,धिरज श्रेष्ठ,पुरन घले,नरेन्द्र बास्तोला,शिबप्रसाद भण्डारी,राजु बराल,सोभामोहन पौडेल,पारस बास्तोला र एसोसियट सदस्यमा रमेशबावु बराल र बालकृष्ण कोईराला युबा उमेदबार हुन्। यता संघका बर्तमान द्धितिय उपाध्यक्ष कृष्णहरि भण्डारी,पुर्ब प्रथम उपाध्यक्ष कुलप्रसाद अधिकारी,द्धितिय उपाध्यक्ष भगबान खाँड, बर्तमान महासचिब बलराम ढकाल,सदस्यहरु बसन्तमोहन भटराई,गिता सुबेदी,मेनुका श्रेष्ठ,मेजर रामप्रसाद गुरुङ, ले पनि उमेदबारी दिने भएका छन्।
उमेदबारी दिने नयाँ अनुहारमा लेखनाथ हाडबर्यस एसोसिएसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा,बरिष्ट सल्लाहकार भक्तबहादुर के सी,लेखनाथ पुस्तक ब्यवसायी समितिका सस्थापक अध्यक्ष बिष्णु प्रसाद शर्मा केपी र लेखनाथ फर्निचर ब्यवसायी समितिका सल्लाकार महेश्बर आचार्य रहेका छन् भने गत बर्ष सदस्य पदको चुनाबमा पराजित दामोदर भक्त थापा,रामजी पौडेल,दिपेन्द्र ज्योती ढुगाना,हरि लामिछाने लगाएतले पनि सदस्य पदका लागि उमेदवारी दिने तयारीमा रहेका छन्।यता महिला सदस्यहरुमा पनि चुनाबको चासो बढ्दै गएको छ।जसमा गत बर्षका पराजित उमेदबार प्रभा पौडेल,राधा सापकोटा,बिमला थापा र नयाँ अनुहारमा ईन्दिरा रोक्का, भरतपोखरी घर भएकी दिलकुमारी दाहाल सन्ध्याले पनि उमेदवारी दिने घोषणा गरिसकेका छन्।आगामी दुई बर्षका लागि नयाँ नेतृत्व समेत चयन गरिने भएकाले यस अधिबेसनलाई विषेश रुपमा हेरिएको छ । जसका लागि एक हजार एक सय ८४जनाले साधारण सदस्यको नाम दर्ता गराई सकेका छन् जुन गत बर्षको चुनाब भन्दा दुई सय ९७ ले वढि छ। यता एशोसियट सदस्य तर्फ ३५र सस्थागत तर्फ ६जना रहेका छन्। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .