BREAKING NEWS

Thursday, August 20, 2015

लेखनाथका बस्तुगत संघ र बजार ब्यवसायीको भेला सम्पन्न


लेखनाथ,३साउन।
लेखनाथ नगर क्षेत्र भित्र रहेका बस्तुगत संघ र विभिन्न क्षेत्रका बजार ब्यवस्थापन समितिका अध्यक्ष  तथा प्रतिनिधीहरुको भेला बिहिबार सम्पन्न भएको छ।
लेखनाथ उद्योग बाणिज्य संघको आगामी असोज २र ३गते हुने १० औं महाधिबेसमा केन्द्रित भई भएको भेलामा ब्यवसायीहरुका हक हित र आगामी दिनमा गर्न सकिने कामका बारेमा उद्योग बाणिज्य संघलाई लिखित रुपमा जानकारी गराउने उदेस्यले सो भेलाको आयोजना गरिएको हो।
भेलामा उपस्थीत ब्यवसायीहरुले लेखनाथ नगर क्षेत्रको आर्थीक तथा सामाजीक विकासका लागि साझा अबधारणाले अगाडी वढ्नु पर्नेमा जोड दिदै सबै बस्तुगत संघ र बजार ब्यवस्थापन समितीहरुले आ आफनो टोलमा ब्यवसायीहरुको भेला गराई बर्तमान आस्थामा देखिएका समस्या र त्यसको समाधानका उपायका बारेमा जानकारी गराएने निर्णय गरेको छ।
बस्तुगत तथा बजार ब्यवस्थापन समितीका संयोजक रामजी पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थीत ब्यवसायीहरुले लेखनाथ नगर क्षेत्रको विकासका लागि साझा अबधारणाले अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .