BREAKING NEWS

Saturday, August 1, 2015

सरस्वती उच्च मावि र वड्समा गुरु पुर्णिमा

लेखनाथ १६ साउन
पोखरा नागढुंगामा रहेको सरुस्वती उच्च माविमा गुरु पुर्णिमाको अवसर पारेर विविध कार्यक्रमका साथ विद्यार्थीहरुले गुरुहरुको सम्मान गरेका छन् । कक्षा ९ की विपना कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सीपल दुर्गा व थापाले विद्यार्थीहरुको कार्यको प्रशंशा गर्दै शिक्षकहरुलाई असल शिक्षकका रुपमा कार्य गरी यसरी नै सम्मानीत हुने अवसर प्राप्त गर्न प्रेरीत गरेको शिक्षक गोविन्द वाग्लेले जानकारी दिए ।
यसै गरी वैदाम डिहिकोपाटन स्थित वड्स एकेडेमीमा पनि गुरु पुर्णिमाको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रिन्सीपल प्रकाशराज वाग्ले अतिरीक्त क्रियाकलाप प्रमुख तिर्थराज सुवेदी शिक्षिका भगवती वाग्लेले गुरुको महत्व वारेमा प्रकाश पारेका थिए । यस्तै सोही कार्यक्रममा कक्षा ८ का सागर पराजुली तथा ९ का अस्मिता सुनार र कामना भट्टराईले गुरुहरुको सम्मान गर्न पाउनु अहो भाग्य भएको वताएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .