BREAKING NEWS

Wednesday, August 19, 2015

निजी विद्यालयहरुका शिक्षकले सहकारी खोल्ने


पोखरा, भाद्र २
पोखराका विभिन्न निजी विद्यालयहरुमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु अहिले सहकारी खोल्ने तम्तयारीमा रहेका छन्। आफ्नो कमाइबाट खर्च कटाएर बचाएको तथा आफूहरू बिच छिरलिएर रहेको सानोसानो रकमलाई एकत्रित गरी पूँजीका रुपमा विकसित गर्न सकेमा आर्थिक अभावकै कारण केही गर्नबाट खुम्चिनु तथा पछि हट्नु नपर्ने कुराको महशुस गरी सहकारी स्थापना गर्न लागेको जनाइएको छ। बित्तिय क्षेत्रमा लगानी संगै पछिल्लो क्रममा सहकारी खोल्ने क्रम बढ्दै गएको छ।
सहकारी स्थापना गर्ने उद्देश्यले केफ उच्च मा वि सीमपानीमा भाद्र ४ गते, शुक्रबार दिउसो ३ बजेपछि निजी विद्यालयहरुका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको बृहत् भेला आयोजना गर्ने जनाइएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .