BREAKING NEWS

Saturday, August 15, 2015

प्रतिस्पर्धा गर्न नसक्नेहरुले गलत प्रचार गरे ः मार्गदर्शन एकेडेमी

पोखरा, साउन २९
पोखराको मार्गदर्शन एकेडेमिले नक्कली विद्यार्थी खडा गरेर नर्सिङको प्रवेश परिक्षा पास गराएको भनि लगाइएको आरोपको खण्डन गरेको छ । शुक्रबार एकेडेमीका सञ्चालक पुरन श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरी आँफुहरुले गरेको राम्रो कामबाट तर्सिएकाहरुले बद्नाम गर्ने नियतले यस्तो आरोप लगाएको वताएका छन् । नक्कलि प्रशिक्षार्थी भनेर प्रचार गरिएका र पास गराइएको भनिएका विद्यार्थीहरुलाई समेत उपस्थित गराएर उनले यस्तो खण्डन गरेका हुन् ।  उनले आँफु दोषी भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको भन्दै छानविन गर्ने निकायले छानविन गनुपर्ने उल्लेख गरे ।
श्रेष्ठले बीरमा आफ्ना ९३ विद्यार्थीजना विद्यार्थीले परिक्षाका लागि फम भरेको र त्यसमा ६७ जना समावेश भएको मा पाँच जना उत्तिर्ण भएको उनले प्रष्टाएका छन् ।  उनले आँफुहरुले राम्रो नपढाउने अनि अर्काले राम्रो गरेको देखेर डाहा गर्नेहरुले गलत सन्देश फैलाएको उनको भनाई थियो ।
मार्गदर्शन एकेडेमी पोखरामा नर्सिङ विद्यार्थीका लागि तयारी कक्षा देखि लिएर देशभरका नर्सिङ कलेजमा भर्ना गराउने भन्दै करिव एक दशक अघि सञ्चालन हुदै आइरहेको छ ।
यही साउनको २७ गते विप्लब माओवादी निकट अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै नाम निकालेको खण्डमा कमजोर विद्यार्थीका अभिभावकबाट प्रति विद्यार्थी ५ लाख रुपैयाभन्दा बढि एकेडेमीले लिने गरेको आरोप लगाएको थियो ।  यो आरोपलाई चुनौति दिदै श्रेष्ठले आँफुसंग एउटा मान्छेले जिवनमा कमाउन नसक्ने रकम माग गरेपछि अस्विकार गर्दा यस्तो आरोप खेप्नु परेको दावि गरे ।

पत्रकार भेटघाट कार्यक्रममा अर्काको नाममा परिक्षा दिएकी भनेर दावि गरिएकी युना भट्टचनले आँफुहरु परिक्षा केन्द्र पुगेर फर्केको वताईन् । उनले भनिन् – “म परिक्षामा सहभागिनै भईन । मेरो प्रवेशपत्र मसंगै छ । मलाई यस्तो आरोप लगाइएकाले म निकै तनावमा छु । ”

त्यस्तै कम्जोर भनेर प्रचार गरिएकी विद्यार्थी नीसा केसीले आँफुलाई कम्जोर भन्ने आधार जीता मेडमलाई कस्ले दियो भन्दै प्रश्न गरेकी थिइन । उनले आँफुले एसएलसीमा ७० प्रतिशत ल्याएको जानकारी दिदै के यो नम्बर उहाँले दिनुभएको हो भन्दै प्रश्न गरिन् ।

नर्सिङ संघका आजिवन सदस्य एवम् फिस्टेल नर्सिङ कलेजका प्रिन्सीपल जिता बरालले आँफुलाई त्यस्तो नभने भोलिको भविश्य अन्यौलमा पर्ने चेतावनी दिएपछि आफुलाई बाध्य बनाएर झुट बोल्न बाध्य बनाईएको उनको भनाई थियो ।
विद्यार्थी केसीका आमा विन्दु केसीले आफ्नो छोरी माथि लागाइएको आरोपले छोरी र आँफुलाई समेत मानसिक टर्चर पुगेको वताईन् । उनले आफ्नो छोरीलाई भोली केही भए गलत प्रचार गर्नेहरुले जिम्मा लिनुपर्ने वताईन् । उनले आँफुले मार्गदशन एकेडेमी सञ्चालक पुरन श्रेष्ठलाई यसरी प्रचार गरिएपछि मात्र चिनेको दावि गरेकी छन् ।“ बल्ल यस्तो हल्ला चलाएपछि मात्र मैले के रहेछ भनेर भेट्न आएकी हुँ । उनले भनिन् पहिले नचिनेका र नदेखेका मान्छेले मसंग कसरी पैशाको बार्गेनिङन गर्नु ।”

यता युना भट्टचनका बुवा इन्द्रलाल भट्टचनले आँफुलाई तपाईको छोरीलाई यसो गर्नलगाईयो यहाँ सहि गर्नुस् भनेका कारण आँफुले दवावमा सहि गरेर जिल्ला प्रहरी कार्यालय पुगेको वताए । उनले यस्तो हर्कत गरेर के गर्न खोजेको हो आँफैले नबुझेको उल्लेख गरे ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .