BREAKING NEWS

Friday, August 14, 2015

काग्रेस नेता रामजी बादलको हत्या, सहकर्मीकै संलग्नता रहेको आशंका



नेपाली काँग्रेसका क्रियाशील सदस्य लेखनाथ निवासी रामजी पौडेल ‘बादल’को बिहीबार राति हत्या भएको छ । उनको शब शुक्रबार बिहान घरभन्दा केही पर तल्लो गगनगौंडाको भत्केको चौकीनेर भेटिएको प्रहरीले जनाएको छ । शवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने स्थानीय बासिन्दाले पृथ्वीराजमार्गको गगनगौंडा खण्डमा यातायात सेवा अवरुद्ध पारेका छन् ।


नेपाली काँग्रेसको अधिवेशन नजिकिरहेको बेला पार्टीका स्थानीयस्तरका कार्यकर्ता जम्मा भएर छलफल र कार्यक्रम गर्ने बेलमा बुधबार तालचोकमा भनाभन भएको र त्यसैको निहुँमा हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । प्रहरीले शंकाष्पद ब्यक्तिको खोजी गरिरहेको जनाएको छ । नेपाली काँग्रेस लेखनाथ नगर समिति सभापति राजेन्द्रमणि लामिछानेले भने, अस्ति बेलुका एउटा कार्यक्रम गर्ने बेलामा सामान्य विवाद भएको थियो, हिजो दिउँसो विवाद मिलाउने भनेको सकिएन, राति त त्यस्तो घटना भएछ ।

राति नै रामजीको नम्बरमा फोन गर्दा नलागेपछि रामजीकी पत्नको नम्बरमा फोन गरेको उनले बताए । ‘भाउजुले दाइ त आउनुभएको छैन, राजनीतिमा लागेको मान्छे यति रातिसम्म नआएर के गरेको होला भन्नुभएको थियो । फेरि बिहान भाउजुकै नम्बरमा फोन गरेको त दुखद खबर सुन्नुप¥यो, ’ उनले भने  नेविसंघका नेता भानु ढकालले विद्यार्थीकालदेखि नै नेपाली काँगे्रसमा क्रियाशील युवा नेताको महाधिवेशनको मुखमा आएर हत्या हुनु निकै दुखदायी भएको बताए । ‘पार्टीभित्रको गुटउपगुटका कारण यो अवस्था आएको हो,’ उनले भने ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .