BREAKING NEWS

Tuesday, August 4, 2015

तिन सचिबलाई लेखनाथमा सम्मान विकासका लागि सहमति र सहकार्य गरौंःसचिब


भीमपाणि बराल
लेखनाथ,१९साउन।
सातताल लिङकरोड लेखनाथ पर्यटन मार्ग निर्माण उपाभोक्ता समितीले मंगलबार एक विषेश कार्यक्रमका बिच नेपाल सरकारका तिन सचिबलाई सामुहिक रुपमा सम्मान गरेको छ।
कवि शिरोमणिको जन्मस्थल अर्घौ अर्चलेमा राखिएको कार्यक्रममा सम्मानीत हुनेहरुमा विज्ञान तथा प्राविधिक मन्त्रालयका सचिब डाक्टर कृष्ण्चन्द्र पौडेल,रक्षा सचिब ईश्वरी प्रसाद पौडेल र अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सह सचिब नारायणराज तिमील्सेना रहेका छन्।
लेखनाथमा रहेका सात ताललाई सजिलै सगै अवलोकन गर्न सकिने गरि राखि र कालिका हुदै बेगनासबाट रुपातालसम्म निश्कने ३३किलोमिटर बाटो निर्माणमा मन्त्रालय स्तरबाट पुगेको सहयोगको उच्च कदर गर्दै बाटो निमार्ण समितीले उहाँहरुलाई समान गरेको हो।
त्यसै गरि सम्मानीत हुनेहरुमा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, लेखनाथ नगरपालिकका कानुनी सल्लाकार राममणि अधिकारी,लेखनाथ जन्मस्थल विकास समितीका अध्यक्ष विष्वप्रकास लामिछाने र पुर्व अध्यक्ष कुलदिप बराललाई समेत बाटो निर्माणमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको हो।
गत तिन बर्ष देखि संचालीत योजना अन्तरगत अहिले सम्म लेखनाथको कालिका चोक हुदै जल्धारेबाट,कालिक  गाविसबाट र अर्चलेसम्म बाटो खन्ने काम सम्पन्न भएको छ भने चालु आर्थीक वर्षका लागि निकासा भएको पाँच करोड बजेटबाट पहिलो चरणमा  बाटो सर्व गर्दै आरुपाटा, लामास्वाँरा, स्याङखुदी, बेगनास, तालबेसी, खोलाको छेउ हुदै जनचौतारासम्म बाटो निकाल्ने योजना रहेको छ।
सम्मान पछिको कार्यक्रममा बोल्दै विज्ञान तथा प्राविधिक मन्त्रालयका सचिब डाक्टर कृष्ण्चन्द्र पौडेलले विकास निर्माणका लागि सहमति सहकार्य र एकताका साथ अगाडी वढ्न आग्रह गर्दै प्राविधिक रुपमा बाटोको संरचना र बातावरणीय प्रभाबलाई नविगारी जनताको सुझाब र आवस्यकता अनुसार निर्माण कार्यलाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए भने रक्षा सचिब ईश्वरी प्रसाद पौडेलले भविश्यमा आवस्यक पर्ने अन्य थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै बाटो निर्माण गर्ने भन्दैमा याहाँको प्राकृतीलाई नविगारी लिङक रोडलाई हरित मार्गको रुपमा अगाडी वढाउनु पर्ने सुझाब राखेका थिए।
कार्यक्रममा अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सह सचिब नारायणराज तिमील्सेनाले विकास निर्माणका कामलाई स्थायीत्ब दिदै लिङक रोडको अबधारणाले लेखनाथ नगर क्षेत्रमा  विकासका पुर्बाधारहरु खडा हुने विश्बास ब्यक्त गरेका थिए।
सातताल लिङकरोड लेखनाथ पर्यटन मार्ग निर्माण उपाभोक्ता समितीका अध्यक्ष मुक्तिनाथ अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा बाटो निर्माण समितीका संरक्षक सुर्यमोहन भटराई, लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी, लेखनाथ जन्मस्थल विकास समितीका अध्यक्ष विष्वप्रकास लामिछान,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरि,सडक डिभिजन कार्यलयका ईन्जिनियर ईन्द्रप्रसाद पौडेलन,नेकपा एमाले कास्की क्षेत्र नं १का क्षेत्रिय अध्यक्ष टिकाराम पंगेनी,नेपाली काग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने,नेकपा एमाले लेखनाथ नगर अध्यक्ष मोहन गुरुङ र स्थानीय समाजसेबी गोविन्द बाग्ले लगाएतले विकास निर्माणका लागि साझा अवधारण र सहकार्यका आधारमा अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए।
उपभोक्ता समितीका सचिब तिलकशाली अधिकारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मधुकर न्यौपानेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .