BREAKING NEWS

Saturday, August 1, 2015

फेवाताल किनारमा चेरिस्माका दुई कुर्चि


पोखरा, १६ साउन
फेवाताल किनारमा रहेको फुटट्रयाकमा फेवातालमा टहरीदै हिड्दा बस्न मिल्योस् भन्दै पोखरा ६ बैदाममा रहेका खहरे आमा समुहले कुर्चि राख्ने अभियान थालेको छ । हल्नचोक देखि खहरे सम्म फेवाताल किनारामा फलामका कुर्चि राख्ने योजना रहेको आमा समुहले जानकारी दिएको छ । अहिले सम्म ६ वटा कुर्चि राखि सकेको खहेर आमा समुहकी कार्यवाहक अध्यक्ष शान्ति पहारीले जानकारी दिइन् ।
एउटा कुर्चि बनाउन करिब ५ हजार खर्च हुने गरेको पहारीले बताइन् । अहिले सम्म ६ वटा कुर्चि राखि सकेको बताउदै करिब १ किलो मिटरमा ५० वटा भन्दा बढि कुर्चि आवश्यक रहने पहारीले बताइन् । शनिवार चरिस्मा इम्पोरीयम न्यरोडको सौजन्यमा दुई वटा कर्चि राखिएको पहारीले बताइन् । शनिबार कुर्चिका राख्दै चरिस्मा इम्पोरियमकी सन्चालीका सिता बरालले आमाहरुले राम्रो काम गरेको देखे पछि सहयोग गरको बताइन् ।
 विदेशी देखि नेपाली पर्यटक सम्म फेवाताल घुम्न आउदा बस्ने ठाउँ थिएन बरालले भनिन् पर्यटकलाई बस्न सजिलो होस् भनेर सहयोग गरेको बताइन् । फेवाताल किनारमा विहान मडिङ्ग वाक देखि बेलुका सम्म स्वदेशी र विदेशी हिड्ने भए पनि बस्ने ठाउँ नभए पछि आफुहरुले कुर्चि अभियान चलाएको खहेर आमा समुहकी सचिब मैया थापाले बताइन् । थापाले भनिन् –“कुर्चि अभियान चलाए पछि विहान मडिङ्गवाक गर्ने देखि बेलुका फेवातालमा टहलिनेले सम्म राम्रो काम गर्नु भयो भनेर प्रशंसा गरेका छन् ।”

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .