BREAKING NEWS

Saturday, August 22, 2015

आदर्श युवा क्लबको अध्यक्षमा लक्ष्मीप्रसाद भण्डारी निर्वाचित


लेखनाथ : लेखनाथ क्षेत्रको अग्रणी युवा क्लव आदर्श युवा क्लवको नवौ अधिवेशनबाट लक्ष्मी प्रसाद भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाका विच अध्इक्षमा भण्डारी चयन भएका हुन । उनले अध्यक्षका प्रत्यासी रोशन अधिकारी र शेरमान गुरुङ्ग लाई पछि पार्दै नेतृत्व आफ्नो हातमा पारेका हुन । भण्डारीले ८४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी रोशन अधिकारीले ६२ मत ल्याएका थिए भने अर्को प्रत्यासी शेरमान गुरुङ्गले १६ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्षमा राजेश कुमाल विजयी भएका छन् । उनले प्रविन सुनारलाई पराजित गरेका हुन । सचिव खड्ग वहादुर गुरुङ्ग र सहसचिव इमान गुरुङ्ग भने निर्विरोध भएका थिए । कोषाध्यक्षमा डम्बर गुरुङ्गले १०२ मत ल्याएर बिजयी भएका छन् ।
यसैगरी सदस्यमा सरोज लामा, ओम प्रकाश गुरुङ्ग, राजन गुरुङ्ग, हरि कार्की र लक्की पुन निर्वाचित भएका छन् र सदस्यमा ८ जनाले उम्मेदवारी दिएका थिए । कुल २ सय २ मत मध्ये १ सय ६२ मत खसेको थियो । कडा सुरक्षाका विच निर्वाचन कार्यक्रम सम्पन्न भएको थियो । युवा क्लव अधिवेशन यति कडा सुरक्षा घेरामा सम्पन्न भएको यो लेखनाथको पहिलो घट्ना हो । लेखनाथकै अग्रणी आदर्श युवा क्लवले २ पटक फुटवलको राष्ट्रिय टुर्नामेन्ट सफलता पूर्वक सम्पन्न गरेको छ भने भण्डारढिक स्थित प्रस्तावित रंगशालामा कम्पाउण्डवाल लगायतका कार्य गरिरहेको छ । सफल युवा क्लव भएकाले पनि युवाहरुका विच क्लवको सदस्यका लागि आकर्षण बढेको बताइएको छ ।
यसअघि १७ औं बार्षिक साधारण सभा तथा नवौ अधिवेशनको उद्घाटन गर्दै, ससस्त्र प्रहरी बल कालिका गण पोखराका प्रमुख प्रहरी नायब निरिक्षक गणेश संग्रौलाले युबाहरुलाई असल बाटो तर्फ लैजानका लागि सृजनसिल काम तर्फ अग्रसर गराउनु पर्नेमा जोड दिएका छन् । एस पि सग्रौलाले युबाहरु देश निर्माणका खम्बा हुन उनिहरुलाई कुलत र खराब बाटोबाट असल बाटो तर्फ अग्रसर गराउदै देश निर्माणको अभियानमा लगाउनु पर्ने धारणा राखेका हुन्।
आदर्श युबा क्लबको नाम अनुसारको काम गर्न आग्रह गर्दै युबाहरुलाई स्वादेशमा नै केहि गरेर देखाउनु पर्छ जसले गर्दा देशको बिकासमा सहयोग पुग्छ उनको बिचार थियो।
क्लबका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा आन्तरिक राजश्व कार्यलय पोखराका कर अधिकृत विजय लामिछानेले आफनो देश र राष्ट्रका लागि केहि गरेर देखाउने समय युबा अवस्था भएकाले अव केहि गर्छु भनेर युबाहरु संगठित भएर अगाडी वढ्नु पर्छ उनको भनाई थियो।
सोही अवसरका लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी,द्धितिय उपाध्यक्ष कृष्णहरि भण्डारी,आदर्श युबा क्लबका सस्थापक अध्यक्ष चेतबहादुर गुरुङ,पुर्ब अध्यक्ष विजय गुरुङ,क्लबका कानुनी सल्लाकार मदनप प्रसाद तिबारी, एकृकित नेकपा माओबादी लेखनाथ नगर ईन्चार्ज पुष्पकमल ढुगाना, संयुक्त गोर्खा भुपु सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,सामुदायिक सेबा केन्द्र लेखनाथका अध्यक्ष दयाराम तिबारी, होटल तथा रेष्टुरेण्ट एसोसियसन अफ लेखनाथका अध्यक्ष दुर्गा अधिकारी, भण्डारढीक खल्याड तमु समाजका अध्यक्ष रामबहादुर गुरुङ,सम्पुर्ण आमा समुहको तर्फबाट सैनिक बस्थी गु्रप नं १ आमा समुहकी अध्यक्ष श्रीमाया गुरुङ,सस्थाका सल्लाकार जङबहादुर गुरुङ,सुबेदार चन्द्रबहादुर गुरुङ र सुबेदार नारायण शिह गुरुङ लगाएतका बक्ताहरुले भण्डारढीक खेल मैदानलाई रङशालाको रुपमा विकास गराउनु पर्नेमा जोड दिएका थिए।
क्लबका सचिब लक्ष्मीप्रसाद भण्डारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रोशन अधिकारीले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .