BREAKING NEWS

Friday, July 31, 2015

लेखनाथका विभिन्न विद्यालयमा गुरुहरुलाई सम्मान

विष्णुहरि पौडेल
लेखनाथ १५,साउन।गुरु पुर्णिमाको अबसर पारेर लेखनाथका विभिन्न विद्यालयका शिक्षकहरुलाई विद्यार्थीहरुले सम्मान गरेका छन्।
गुरु दिबसको अवसर पारेर लेखनाथ नगरपालिका वडा नं २ रिठेपानीमा रहेको लिटल फलावर एजुकेसनल एकेडेमीका विद्यार्थीहरुले विद्यालयमा अध्यापनरत सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन्।
सोही अबसरमा बिद्यालयका प्रिन्सिपल प्रकाश पन्तले विद्यार्थीले गरेको सम्मानको प्रशंसा गरेका थिए भने कार्यक्रममा शिक्षक रामप्रसाद अधिकारी,हरि सापकोटा राजेन्द्र रेग्मी,किसोर मास्के र श्याम खनालले गुरु पणर््िामाको महत्वका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा विद्यार्थीहरुको तर्पmबाट मेनिका गुरुङ,सपना गुरुङ र रिया गुरुङले आफुहरुलाई शिक्षा दिने गुरुहरुलाई सम्मान गर्न पाउदा आफुहरु गौरवान्वित भएको बताएका थिए।
यसै गरि लेखनाथको भण्डारढीकमा रहेको नेपाल आर्दश उच्च माबिका विद्यार्थीहरुले पनि एक कार्यक्रमका विच गुरुहरुलाई सम्मान गरेका छन्।कार्यक्रममा विद्यालयका प्राचार्य कमल गरुङ,दश जोड दुईका संयोजक अर्जुन प्रसाद सुबेदी,विद्यालयक निर्देशक प्रभु गुरुङ,जनसम्पर्क अधिकारी विष्णु प्रसाद बगाले,सुपरिबेक्षक सहदेब राई,विद्यार्थी दिपा गुरुङ र आकृती गुरुङ लगाएले गुरु पुर्णिमाको महत्ब र उपयोगीताका बारेमा जानकारी गराएका थिए।
त्यसै गरि लेखनाथ ३अर्घौमा रहेको न्यु एरा उच्च माविका बिद्यार्थीहरुले पनि गुरु पर्णिमाको अबसर पारेर गुरुहरुलाई सम्मान गरेका छन्। कार्यक्रममा सहायक प्राचार्य दिलिप पोख्रेल,एकेडेमीक डिन प्रकाश अधिकारी,शिक्षक खगराज धमला,विद्यार्थी मौशमी लामिछाने,सुश्मीता अधिकारी,रोशन घिमीरे र विष्णु पुन लगाएतले गुरु पुर्णिमा र यसको महत्बका वारेमा बोलेका प्रिन्सिपल बेदप्रशाद बस्ताकोटीले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .