BREAKING NEWS

Saturday, July 25, 2015

सिटी डेभलपमेण्ट बैंकको नाफा २४ करोड १५

पोखरा, ९ श्रावण
विगत आठ वर्ष देखि समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गरिरहेको सिटी डेभलपमेण्ट बैंकले २०७२ असार मसान्त सम्ममा रु ५ अर्ब ६ करोड ७३ लाख निक्षेप संकलन, रु ४ अर्ब १६ करोड २२ लाख कर्जा लगानी गरी रु. २४ करोड १५ लाख संचालन मुनाफा आर्जन  गर्न सफल भएको बैंकको निष्कृय कर्जा ०.५३ प्रतिशत मात्रै रहेको छ ।
ग्रामीण भेगलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको सिटी डेभलपमेण्ट बैंकले आगामि दिनमा नेपाल राष्ट्र बैंकका मार्ग निर्देशनहरुलाई पालाना गर्दै अझ विश्वसनिय तथा प्रभावकारी सेवा प्रदान गर्ने तथा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिवद्धता जनाएको छ ।
स्थापना कालदेखि नै आफ्ना ग्राहक प्रतिको सेवामा समर्पित हुदै बिभिन्न बैंकि∙ कार्यहरु गर्दै आइरहेको यस बैंकले प्रधान कार्यलय चिप्लेढुङ्गा, ट्याक्सीचोक बगर, अमरसिंहचोक पोखरा, मिलनचोक हेमजा, भिमाद बजार तनहुँ, भोटेओडार लमजुङ, दमौली तनहुँ, नागडाँडा कास्की, तुरतुरे तनहुँको साथै नेपालको दुर्गम जिल्ला मानिने मनाङको चामेबजार, लेखनाथको शिशुवा, चितबनको नारायणगढ्, बाग्लुङको महेन्द्रपथ, कास्की लामाचौर, बाग्लुङको कुश्मीशेरा, चितवनको मालपोतचोक र तनहुँको बन्दीपुर गरी जम्मा १७ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र पोखरामै प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम फाइनान्स कम्पनी सँग मर्ज गरि राष्ट्रिय स्तरको बिकास बैंक बन्ने लक्ष्यका साथ मर्जरको लागि समझदारी पत्रमा समेत हस्ताक्षर भैसकेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले यस बैंकको सफलताको लागि प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने बैंकका शुभचिन्तक,  तथा सम्पुर्ण बैंकका कर्मचारीहरुप्रति आगामी दिनहरुमा समेत यस्तै सहयोग र सफलताको अपेक्षका साथ हार्दिक आभार प्रकट गर्नुभएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .