BREAKING NEWS

Saturday, July 25, 2015

नेशनल एफ एमको आयोजनामा वेगनासताल सरसफाई


लेखनाथ ९ साउन
लेखनाथ ७ तालचोकमा अवस्थीत नेशनल एफ एम ८८.२ मेगाहर्जको आयोजनामा शनिवार वेगनासताल सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ताल संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गरीएको कार्यक्रममा लेखनाथमा क्रियाशिल विभिन्न संघ सस्थाहरुको सहभागिता रहेको थियो । जलकुम्भीले वेगनासताल ढाक्ने अवस्था र कुरुप वन्दै गएकोले सरसफाई अभियानलाई तिव्र रुपमा लैजानु पर्ने लेखनाथ नगरपालीकाका प्रवक्ता राममणी अधिकारीले जानकारी दिए । करीव २०० जनाको उपस्थीती रहेको कार्यक्रममा लेखनाथ जेसिज, रोटरी क्लव अफ लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट एसोसिएसन अफ लेखनाथ, वेगनासताल डुंगा व्यवसायी समिती, रोट्याक्ट क्लव अफ लेखनाथ लगाएतको सहभागीता रहेको थियो ।
दैनिक रुपमा हावाले कहिले तालको पुर्व र कहिले पश्चिम पुराउने हुनाले जलकुम्भी निकाल्न समेत गाह्रो भएको र यसमा सवैले सहयोग गर्न वेगनासताल डुंगा व्यवसयी समितीका अध्यक्ष ढकनाथ कडेलले जानकारी दिएका छन् । साथै सोही कार्यक्रममा वोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले वेगनासतालको जलकुम्भी व्यवस्थापन गर्न दिर्घकालनि योजना ल्याउनु पर्नेमा जोड दिए । त्यसै गरी होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष दुर्गा प्रसाद अधिकारीले यसको संरक्षण र संवद्धनको लागि उचित वजेट छुट्टाउन नगरपालीका र कास्की जिविस सँग जोडदार माग गरेका छन् । नेशनल एफ एमका समाचार प्रमुख सन्दिप पौडेलको संयोजनमा सम्पन्न भएको कार्यक्रम एफ एमले ताल सफाई अभियानको रुपमा लैजाने समेत जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .