BREAKING NEWS

Sunday, July 5, 2015

लेखनाथ सामुदायिक सेबा केन्द्रको आमा तथा टोल विकास संस्थामा जनचेतना


लेखनाथ २०,असार।
लेखनाथ सामुदायिक सेबा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रले आइतवार  लेखनाथ नगरपालीका वडा नं १७ का युवा क्लव तथा टोल विकास संस्थाका प्रतिनिधीहरुलाई  एच आई भी एड्स,लागु औषध तथा ट्राफिक जनचेतना चारदिने कार्यक्रम सम्पन्न गरेको छ ।
विकृती र विसंगती रहित समाजको निमार्ण हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको सुभारम्भ गर्दै लेखनाथ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पौडेलले नगरको चौतफी विकासका लागि भौतीक विकास सगसगै मानविय संसाधानको विकासलाई पनि अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए।

लेखनाथ सामुदायिक सेबा केन्दका निवर्तमान अध्यक्ष शेर वहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा, कार्यक्रम संयोजक ज्ञानेन्द्र वजगाई, शुभतारा युवा क्लवका अध्यक्ष भुपे
न्द्र थापा लगाएतले कुलतबाट टाडा रहुनु नै अहिलेको आवश्यकता रहेको विचार राखेका थिए।

लेखनाथ सामुदायिक सेबा केन्दका सह सचिव त्रिलोचन लामीछानेले सञ्चालन गरेको सो कार्यक्रममा  एच आई भी एड्सका सम्बन्धमा नौलो घुम्तीका गिता पौडेल, होम गुरुङ्गले लागु औषधका बारेमा र ट्राफिक जनचेतनाका सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायब निरिक्षक भीमराज ओलीले सहजीकरण गरेका थिए।

चार दिन सम्म सञ्चालन भएको कार्यक्रम आज सम्पन्न भएको छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .