BREAKING NEWS

Tuesday, July 14, 2015

नयाँ बजेटमा पोखरा विमानस्थल निर्माण योजनाको निरन्तरता मात्रै , सुरु नभई विश्वास हुन्न :मुल


गोकुल वानियाँ, पोखरा २९ असार । सरकारको नयाँ निति तथा कार्यक्रममा पोखराको लागि महत्वपूर्ण तीन वटा मुद्धा समेटिएपनि बुधवार सार्वजनिक बजेट भाषणमा भने पुरानै एउटा आयोजनाको निरन्तरता बाहेक केहि भेटिएन ।
अर्थमन्त्री डा. रामशरण महतले बुधवार सर्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सुरु गर्ने उल्लेख छ । ‘पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको मुआब्जा वितरणको कार्य सम्पन्न गरी आगामी आर्थिक बर्ष देखि निर्माण कार्य सुरु गरिनेछ । ’ बजेट भाषणमा उल्लेख छ । यस वाहेक धरान र ललितपुर संगै पोखरा उपमहानगरपालिकालाई पर्याप्त हरियाली सहितको वातावरण मैत्री शहरको रुपमा विकास गरिने उल्लेख छ ।
यसअघि असार २३ गते सार्वजनिक आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा भने पोखरामा चक्रपथ निर्माण कार्य सुरु गर्नुको साथै पोखरा उपत्यकाको विकास गुरुयोजना तयार गरी कार्यन्वयनमा ल्याईने उल्लेख छ ।
यस्तै सिद्धार्थ यसोधरा स्मारक बनाई बुद्धिष्ट सर्किटमा आबद्ध गर्नुको साथै कला साहित्य तथा सिर्जना उद्यन निर्माण र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको बाकी प्रक्रिया पूरा गरी निर्माण कार्यको थालनी गर्ने उल्लेख छ । सरकारी निति तथा कार्यक्रममा समावेश पोखरा विमानस्थल निर्माणको मुद्धालाई मात्रै बुधवार सार्वजनिक बजेटले समेटेको छ । उद्यपी रातो कितावमा अन्य आयोजनाहरु उल्लेख हुने विश्वास लिईएको छ ।
लगातार तीन बर्ष सम्म सरकारको नीति कार्यक्रम तथा बजेटमा समावेश हुदै आएको विमानस्थाल निर्माण आयोजना आगामी आर्थिक बर्ष सुरु गर्ने उल्लेख भएपनि पोखरेली ढुक्क हुन सकेका छैनन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निर्माण कार्य सुरु नभएसम्म विश्वास गर्न सक्ने आधार नभएको बताए । ‘तीन बर्षदेखि लगातार बजेटमा उल्लेख भएपनि विश्वास छैन , जब काम सुरु हुन्छ तव बिश्वास हुन्छ ।’ पिसपोखराडटकमसंग उनले भने ।
अघिल्लो बजेट भाषणमा पनि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य यथासिघ्र सुरु गरिने उल्लेख थियो । यो अबधिमा विमानस्थल निर्माणको लागि आवश्यक थप जग्गाको मुआब्जा बितरणको सुरुवात त भयो तर निर्माण कार्यको सुरुवात भने भएन । विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको ३ हजार एक सय ६ रोपनी वाहेक थप ६ सय २९ रोपनी अधिग्रहण गर्नुपर्ने भएपछि मुआब्जा बितरणको काम थालिएको थियो । विमानस्थल निर्माणको लागि चिनिया उक्जिम बैंक संग ऋण सम्झौताको काम पनि बाकीनै छ ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले देशको पछिल्लो परिस्थितिको कारण बजेटबाट धेरै आकांक्षा नराखेको बताए । बजेटमा उल्लेखित विमानस्थल निर्माण कार्य सुरु भए त्यहिनै पोखरेलीको लागि खुसीको कुरा हुने उनले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .