BREAKING NEWS

Sunday, July 26, 2015

कपडा तथा सिलाई व्यवसायी समितीले लेखनाथको चियापान


लेखनाथ ९ साउन
लेखनाथ नगर क्षेत्रमा सिलाई र कपडा व्यवसायलाई मुख्य पेशा वनाई काम गर्दै आएका व्यवसायीहरुले शनिवार लेखनाथमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कपडा तथा सिलाई व्यसायी समिती लेखनाथ शाखाको आयोजनामा सम्पन्न कार्यक्रमले न्यून आय स्तर हुने व्यवसायीहरुलाई माथी उकास्न र व्यपारको प्रवद्धन गर्नसरल ऋण दिने योजना अगाडी वढाएको छ ।
लेखनाथ ७ तालचोक स्थित लेकसिटी मिनी मार्केटको हलमा आयोजित कार्यक्रममा करीव १५ लाखको पुंजी मार्फत सरल ऋणको व्यवस्था गरीएको समितीका अध्यक्ष लाल व परियारले जानकारी दिए । कार्यक्रमले व्वसायीलाई माथी उकास्न र व्यापारको प्रवद्धन गर्न उल्लेखनिय भूमिका खेल्ने समितीका सहसचिव विनोद परियारले जानकारी दिए । करिव १०० जना सदस्यको उपस्थीतीमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विर व परियारले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .