BREAKING NEWS

Thursday, July 9, 2015

लेखनाथ नगरपालिकामा सार्वजनिक सुनुवाइ


पोखरा, २५ असार। कास्कीको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत र राजनीतिक दलका
प्रमुखहरूबीच विवाद बढ्दै गएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०७१।०७२ मा सञ्चालन गरेका
विकास, निर्माण तथा सेवा प्रवाहको बारेमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइमा यस्तो खुलासा भएको हो।
कार्यक्रममा नेकपा एमाले र एकीकृत नेकपा माओवादीका तर्फबाट नगरमा सहभागिता जनाएका प्रमुख नेताहरूले कार्यकारीले दलहरूले भनेको नमान्ने, आफूखुसी काम गर्ने तथा आफूहरूसँग समन्वय पनि नगरेको दाबी गरे।
नेकपा एमाले लेखनाथ नगर कमिटी अध्यक्ष मोहन गुरुङले विगतमा नगरपालिकाले प्रतिवद्धता जनाएका
विषयहरू पूरा नभएको र आफूहरुले योजना सञ्चालनका सम्बन्धमा दिएको सुझाब कार्यान्वयन नगरेको दावी गरे। एमाओवादीका पुष्पकमल ढुङ्गानाले कार्यकारीको कार्यशैली सुधार्नु पने बताएर्। नेपाली काङ्ग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेले नागरिकको गुनासो कम हुन नसकेको भन्दै नगरपालिकालाई अझै सुधारात्मक कार्य गर्न आग्रह गरे।
यता, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले स्थानीय निकायको ऐन नियमले दिएसम्म दलहरूको सुझाव कार्यान्वयन गरेको बताए। उनले आफूले
गलत गरेको भए उजुरी गर्न सक्ने र गलत गरेको प्रमाणित भएमा कारबाही भोग्न तयार रहेको बताए।
रेडियो तर· प्रालिको व्यवस्थापन तथा सहजीकरणमा भएको सार्वजनिक सुनुवाइका सहभागीले नगरपालिकाका सेवा अझै पनि प्रभावकारी हुन नसकेको, नगर क्षेत्रमा रहेका पसल व्यवस्थापनहुन नसकेको, जथाभावी घर बन्ने क्रम बढेको, सार्वजनिक जग्गाको अतिक्रमण नरोकिएको, फोहोरमैला व्यवस्थापन हुन
नसकेकोजस्ता गुनासा गरेका थिए। गुनासाको सुनुवाइ गर्दै कार्यकारी अधिकृ पौडेलले पाँच बुँदे प्रतिबद्धता
जनाएका छन्। प्रतिबद्धता पत्रमा एमाले र माओवादीका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन्।
ग्रामीण क्षेत्रका नगरवासीको गुनासो पनि सुनुवाइ गर्ने उद्देश्यले वडा नम्बर १५ मा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो। कार्यक्रममा कार्यकारी अधिकृतमा रामचन्द्र पौडेलको अध्यक्षता तथा पत्रकार हिमनिधि लौडारीले सहजीकरण गरेका थिए।
सार्वजनिक सुनुवाइमा नगरपालिकाले प्रतिबद्धता जनाएका विषयमा निगरानी गर्नका लागि पार्वती आचार्यको
संयोजकत्वमा पाँच सदस्यीय नागरिक निगरानी समूह गठन भएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .