BREAKING NEWS

Wednesday, July 29, 2015

जनताको समस्यमा हातेमालो गर्छु: सभासद् थापा


लेखनाथ ,१३साउन।
सभासद् यज्ञ बहादुर थापाले जनताको सुख दुःखमा हातेमालो गर्दै अगाडी वढ्ने प्रतिबद्धता जाहेर गरेका छन्।
स्याङजाली तमु समाज लेखनाथ ४ले बुधबार राखेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभासद् थापाले आफु जनताको सुख दुःखमा साथ दिदै जनतालाई हित हुने काम गर्दै अगाडी वढ्ने विचार राख्दै जनसेबामा आफनो जिन्दगी वित्तै आएको र आगामी दिनमा पनि जनताले गराएको काम गर्छु उनको भनाई थियो।
अब बन्ने संविधानमा पनि सवै जनस्तरबाट संकलीत सुझाबलाई मध्यनजर राख्दै सवै दल र जनतालाई सुहाउदो संबिधान आउने कुरा बताउदै थापाले साउन मसान्त भित्र संविधान आउने ठोकुवा गरेका थिए ।
स्थाङजाली तमु समाजका अध्यक्ष डिकबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्की काग्रेसका जिल्ला सदस्य गिरिराज गौतम,नेपाली काग्रेस कास्की क्षेत्र नं १का पुर्ब सचिब सुदिपमोहन भटराई,लेखनाथ नगर सभापति राजेन्द्रमणि लामीछाने,उप सभापति डम्बर बहादुर थापा,वडा नं ४का कार्यबाहाक सभापति विनिमाधब अधिकारी,वडा नं ३का रविन्द्रमोहन अधिकारी,बडा न. ७का शिबमोहन अधिकारी,पाटी कार्यकर्ता हरिप्रसाद ढुगाना र सुबेदार रुद्ध बहादुर गुरुङ लगाएतले आ आफनो धारणा राखेका थिए।
स्याङजाली तमु समाजका अध्यक्ष डिक बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन किसान संघ बडा नं ४का सचिब ईश्बर भण्डारीले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष चन्द्रबहादुर गुरुङले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .