BREAKING NEWS

Tuesday, July 14, 2015

८ खर्ब १९ अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)


काठमाण्डौ २९ असार । सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको छ ।
यसैगरी पूँजीगत खर्चतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ । विनियोजन गरिएको यो रकम कुल बजेटको क्रमशः ५९.१ प्रतिशत, २५.५ प्रतिशत र १५.४ प्रतिशत हो । सरकारले गत आर्थिक वर्षमा ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालु खर्चतर्फ कुल बजेटको ६४.५ प्रतिशत अर्थात ३ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
यसैगरी पूँजीगत खर्चतर्फ १ खर्ब अर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ अर्थात १८.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६.६ प्रतिशत १ खर्ब २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजश्वबाट ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ व्यहोर्ने भएको छ । त्यस्तै, साँवा फिर्ता प्राप्तीबाट २ अर्ब र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने भएको छ ।
राजश्व, साँवा प्राप्ति र वैदेशिक अनुदानबाट रकम उठाउँदा पनि २ खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार रुपैयाँ न्यून हुन आउँछ । उक्त न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट ९४ अर्ब ९६ करोड ४७ लाख ४ हजार रुपैयाँ जुटाइने भएको छ ।
राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा १ खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार रुपैयाँ न्यून हुन्छ । सो पूर्ति गर्न ८८ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट र ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार रुपैयाँ चलु वर्षको नगद मौज्दाताबाट ब्यहोरिने भएको छ ।
सरकारले गत आर्थिक वर्षको अनुमानित बजेटको स्रोत राजस्वबाट ४ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ व्यहोर्ने जनाएको थियो । त्यस्तै साँवा फिर्ता प्राप्तिबाट १ अर्ब र वैदेशिक अनुदानबाट ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार रुपैयाँ जुटाउने बताएको थियो ।
नपुग भएको रकममध्ये वैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँ जुटाइने अर्थमन्त्री डा। महतले बताएका थिए । नपुग रकममध्ये ५२ अर्ब ७५ करोड आन्तरिक ऋणबाट र १८ अर्ब ५३ करोड ५३ लाख ६ हजार रुपैयाँ चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने बताइएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .