BREAKING NEWS

Saturday, July 11, 2015

लेखनाथ वडा नं १० मा अन्तरक्रिया


लेखनाथ २६ असार
लेखनाथ नगरपालीका वडा नं १० मा शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसका आसन्न महाधिवेसनको अवसर पारेर गरीएको कार्यक्रममा वाल्दै प्रमुख अतिथी नेपाल विद्यार्थी संघ कास्कीका पुर्व सभापती एंव प्रववभशाली नेता कल्याणवावु भण्डारीले अगामी महाधिवेसनले नेपाली काग्रेस सवैभन्दा ठुलो पार्टी मात्र नभई एउटा इमान्दार र सारा नेपालीको धरोहर समेत वन्ने जानकारी दिए । सोही कार्यक्रममा उनले पुरानालाई आदर र सम्मान दिँदै अव युवाको नेतृत्व आवश्यक रहेको समेत ठोकुवा गरे । साथै विशेष अतिथी तरुण दल कास्कीका सदस्य धनेश्वर न्यौपाने, प्रखर वक्ता एंव काग्रेस नेता मिलन तिवारी, हिसान कास्कीका सचिव विश्वमोहन पौडेल, विद्यार्थी नेता धु्रव तिवारी, तरुण दल लेखनाथका सभापती सागर गुरुङ, लगाएतले वोलेका थिए । नेपाली काग्रेस वडा १० का सभापती वुद्धिसागर तिवारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा ३ जना काग्रेसमा पार्टीमा प्रवेश गरेका थिए ।
सोही कार्यक्रममा प्रवेश गर्नेहरुमा एमाओवादीवाट समुन्द्र वराल, नेकपा एमालेवाट विमल कडेल, अशोक रानाभाट लगाएतलाई अविर र खादा लगाई प्रवेश गराईएको थियो । करिव १०० जना को उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रममा नेता कल्याणवावु भण्डारीले नेपाली काग्रेस लेखनाथ नगर समितीको सभापती र नेता मिलन तिवारीले नगर सचिवमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .