BREAKING NEWS

Saturday, July 11, 2015

सरकारले नयाँ बजेट असार २९ गते सार्वजनिक गर्ने


काठमाण्डौ २६ असार । सरकारले आर्थिक वर्ष २०७२ र ७३ को वाषिर्क बजेट असार २९ गते सार्वजनिक गर्ने भएको छ । सभामुख सुवास नेम्वाङले बजेट असार २९ गते पेश गर्ने जानकारी सरकारले दिएको बताए । बजेट एक दिन ढिला हुँदा सभासदहरु जनमत संकलनका लागि जाने दिन पनि सरेको छ ।
‘असार २८ गते बजेट ल्याउन आग्रह गरेको थिएँ,त्यसो गर्दा सभासदहरु संविधानमा जनमत संकलनका लागि पहिलेनै जान पाउने थिए, तर सरकारले त्यो दिन सकिदैन भन्यो’ नेम्वाङले भने ।
बजेट पेश भएर पेश्की बजेट पारित गरेपछिमात्र सभासदहरु जिल्ला जान पाउने भएकाले साउन १ गतेमात्र उनीहरु निर्वाचन क्षेत्रहरुमा परिचालित हुनेछन् । नीति तथा कार्यक्रममाथि सभासदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री सुशील कोइरालाले आइतवार दिनेछन् । शनिवार राति नै जवाफ दिने भने पनि सरकारको तयारी नपुगेका कारण आइतवार अपरान्ह १ बजे तोकिएको नेम्वाङले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .