BREAKING NEWS

Sunday, July 26, 2015

एल आई सि नेपालद्धारा मृत्यदाबी रकम हस्तान्त्र


भीमपाणि बराल।
लेखनाथ ,१०साउन।एल आई सि नेपालद्धारा स्वर्गीय चन्द्रबहादुर तामाङको परिबारलाई मृत्यु दावीको रकम हस्तान्त्रण गरेको छ।
लेखनाथ नगरपालिका बडा नं १भण्डारढीक निबासी चन्द्रबहादुर तामाङको अश्वस्थताका कारण मृत्यु भए पछि उनको आश्रीत परिबारलाई एल आई सी नेपालका एजेन्सी मेनेजर केदारनाथ अधिकारीले आईतबार एक कार्यक्रमका विच तामाङकी श्रीमती मीनमायाँ तामाङलाई तीन लाख सात हजार एक सय ६३रुपियाँको चेक हस्तान्त्रण गरेका हुन्।
विस २०६९सालमा जिबन विमा गरेका तामाङले ६७ हजार दुई सय ४० रुपियाँ मात्र बिमा कम्पनीलाई बुझाए पनि उनको परिबारले विमा कम्पनीबाट मृत्युदावी र बोनस सहितको रहम पाएका हुन।
निर्माण ब्यवसायको क्षेत्रमा लागेका तामाङको परिबारलाई ब्यवसायीहरुका विच राखेर रकम हस्तान्त्रण गरिएको हो । कार्यक्रममा एल आई सी नेपालका एजेन्सी मेनेजर दामोदर बसौला,रामप्रसाद आचार्य, लेखनाथ निर्माण ब्यवसायी समितीका अध्यक्ष किसान सिंह गुरुङ र संयुत्त गोर्खा भुपु सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङले संयुक्त रुपमा उक्त चेक हस्तान्त्रण गरेका थिए।
साथै सहभागीहरुले विमा सुरक्षीत लगानी,जोखिम बहन र आफनो परिबारको लागि आर्थीक सुरक्षा भएकाले विमाको महत्ब दिन प्रतिदिन बढदै गएको विचार राख्ददै विमा कम्पनीबाट पाएकाmे रकमलाई छोरा छोरीको शिक्षा दिक्षामा खर्च गर्नका लागि पनि सुझाब दिएका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .