BREAKING NEWS

Tuesday, July 14, 2015

टि -२० विश्वकप छनौटमा नेपालको पहिलो हार


एजेन्सी २९ असार । ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपाल अयरल्याण्डसँग पराजित भएको छ । प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा नेपाल आएरल्याण्ड सँग ८ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १४ दशमलब ३ ओभरमा मात्र ५३ रनमा अल आउट भयो । नेपालका लागि सागर पुनले २० र कप्तान पारस खड्काले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।
जवाफमा ५४ रनको लक्ष्य लिएर मैदान उत्रेको आएरल्याण्डले ८ ओभरमा २ विकेट गुमाउँदै जित हात पार्यो । आएरल्याण्डका पउल स्ट्रलिङले २९ र विलियम पोटरफिल्डले १८ रन बनाए । नेपालका सोमपाल कामीले २ विकेट लिएपनि अन्य वलर सफल हुन सकेनन् ।
हारपछि नेपाल ३ खेलमा ३ अंक जोड्दै समुह ए को चौथो स्थानमा रहेको छ । खेलेका ३ खेलमै जित हात पारेको आएरल्याण्ड भने ६ अंकका साथ समुह ए को शीर्ष स्थानमा रहेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .