BREAKING NEWS

Sunday, July 26, 2015

लेखनाथमा अन्तराष्ट्रिय स्थरको चिडियाखाना बन्ने, सिलान्यास साउन १५मा

भीमापणि बराल 
लेखनाथ ,१०साउन। 
लेखनाथको पचभैयामा निर्माण हुन लागेको पोखरा अन्तराष्ट्रिय चिडियाखाना सिलान्यासको संघारमा पुगेको छ । कास्कीको लेखनाथ नगरपालिका बेगनासताल र रुपातालको  पचभैया जंगलमा निर्माण हुन लागेको चिडियाखाना सिलान्यासको सम्पूर्ण तयारी पुरा भएको पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा वोल्दै समितीका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलले आगामी श्रावणको १५ गते शुक्रबार चिडियाखानको सिलान्यास गरिने वताए । शुक्रबार नेपाल सरकारका बन तथा भु–संरक्षण मन्त्री महेश आचार्यले चिडियाखानाको सिलान्यास गर्ने कार्यक्रम रहेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराईएको थियो।
लेखनाथ नगरपालिका ११, १२ र १४ नम्बर वडामा पर्ने पचभैया सामुदायिक बन उपभोक्ता समुह, चैनपुर सामुदायिक बन उपभोक्ता समुह र चायापानी चिसाकुना सामुदायिक बन उपभोक्ता समुह अन्तर्गत पर्ने १ सय ३४ हेक्टर जमिनमा निर्माण हुन लागेको चिडियाखाना सिलान्यासको एक वर्ष भित्रमा तारवार लगाइ जंगल सफारी सञ्चालनमा ल्याउने र बांकी काम ५ वर्ष भित्रमा सम्पन्न गराईने लक्ष्ण् राखिएको छ।
चिडियाखाना अवलोकनका लागी तारजालीको  डोम बनाइ जीव जनावर तथा पंक्षीहरुलाइ खुल्ला छाडिनेछ । चिडियाखानामा बन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै विश्वभर कै हावापानीमा पाइने पंक्षी तथा जनावरको कक्ष बनाउने लक्ष राखिएको छ । सामुदायिक बनमा भएको जनावरको संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तुको प्रदर्शनी, बन्यजन्तुलाई उद्धार गर्न र तिनीहरुको स्वास्थ्यलाई ध्यानमा राखी बन्यजन्तुको संरक्षण केन्द्र स्थापना गरी यसलाई सुरक्षित र खुल्ला चिडियाखाना बनाइने भएको छ ।
चिडियाखाना निर्माणका लागि पहिलो चरणमा करिब ११करोड लाग्ने प्रारम्भिक अनुमान रहेको छ भने  सिलन्यास भएको एक बर्ष भित्र आबलोकनका लागि खुल्ला गर्ने र पाँच बर्ष भित्रमा सवै काम सम्पन्न गर्ने योजना रहेको छ।
चिडियाखानामा वाल उद्यान, बनभोज स्थल,बल्छी हान्ने पोखरी, डुङगा शयर गर्नका लागी ताल,जंगल सफारी लगायत अतिरिक्त क्रियाकलापलाई समेतटिनुका साथै सांस्कृतिक संग्रहालयको निर्माण गर्ने लक्ष्य राखिएको छ । रुपाताल संगै जोडिएको सामुदायिक बनहरुमा चितुवा,मृग,अजिंगर लगायत विभिन्न  प्रजातिका चराचुरुङगी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका बनस्पतिहरुका साथै सिता गुफा समेत रहेको पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन बहादुर घिमिरेले वताए ।
युनाइटेड क्लवले स्थापना कालदेखि नै महोत्सव गरि पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको उद्देश्यका साथ अगाडी वढेको वताउदै संयोजक बख्रेलले चिडियाखाना सिलान्यासको संघारमा ल्याइपु¥याउन सहयोग गर्ने सम्पूर्ण संघ सस्था, ब्यवयशायी,सरकारी कार्यालय,पत्रकार हरु प्रति बख्रेलले विशेष धन्यबाद ब्यक्त गरे ।
ग्रेटर पोखराको अवधारणाले लेखनाथमा बन्न लागेको चिडियाखानाका कारण यस क्षेत्रमा आन्तरिक एबंम बाहिय पर्यटन प्रबर्धनमा सहयोग पुग्ने बिश्वार लिईएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .