BREAKING NEWS

Saturday, July 4, 2015

लेखनाथको उन्नतशील टोल विकास संस्था वालश्रम मुक्त घोषणा


लेखनाथ १९ असार
लेखनाथ नगरपालिका वडा नं ३ मा रहेको उन्नतशिल टोल विकास संस्थालाई वालश्रम मुक्त टोल घोषणा गरिएको छ । लेखनाथ नगरपालीकाको निती तथा कार्ययोजना अन्र्तगत उन्नतशिल टोल विकास संस्थालाई १० औं वालश्रम मुक्त टोल घोषणा गरीएको हो । नगरपालकिाका कार्यालयका कानुनी सल्लाहकार राममणी अधिकारीले संस्थाकी अध्यक्ष शारदा वराललाई वालश्रम मुक्तको प्रमाण पत्र र हरियो झण्डा प्रदान गरी वाल श्रम मुक्त टोलको घोषणा गरेका थिए ।
सोही कार्यक्रममा टोल विकास समन्वय समितीका अध्यक्ष छविलाल लामिछाने, फोकल पर्सन दिपक कोइराला, रामज्योती मावी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश रानाभाट, राजनितीक पार्टीहरुका तर्फवाट विश्वप्रकाश वराल, वडा सचिव लिलामणी भण्डारी, समाजिक संघसंस्थाको तर्फवाट भोजराज वराल, महिला समुहको तर्फवाट सररुस्वती वराल र हामी सँगसँगै वाल क्लवका अध्यक्ष सागर सुनार लगाएतले आÇनो टोललाई वालश्रम मुक्त घोषणा गरेकोमा खुशि व्यक्त  गरेका थिए । संस्थाका सचिव कृष्ण प्रसाद अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा सदस्य रामहरी वरालले स्वागत, सहजकर्ता छलि सुवेदी र कार्यक्रम संयोजक दुधकासी गुरुङ्गले कार्यक्रमको उद्देश्य र उपयोगिताको वारमा जानकारी गराएका थिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .