BREAKING NEWS

Tuesday, July 14, 2015

राप्रपा नेपालको लेखनाथमा बडा भेला सम्पन्न


लेखनाथ२९असार
राप्रपा नेपाल लेखनाथ नगर कमिटीको असार ३१गते हुने नगर सम्मेलनका लागि लेखनाथका सवै बडामा भेला सम्पन्न गरि बडा कमिटी गठन गरिएको छ।
राप्रपा नेपालको केन्द्रिय घोषित कार्यक्रम अन्तरगत सवै बडामा नयाँ कमिटी गठन गरि नगर सम्मेलनका लागि प्रतिनिधी छनोटको काम सम्पन्न भएको नगर भेला तयारी समितीका संयोजक अर्जुन बहादुर बस्नेतले जानकारी दिएका छन्।
गत असार १७गते देखि चलेको अभियान अन्तगर लेखनाथ नगर  क्षेत्रका १८बटै बडामा बडा संयोजक चयन गरि भेलाको अन्तिम चरणमा जुटेको तयारी समितीका सह संयोजक हरि बहादुर जिसीको भनाई रहेको छ।
नब गठित समिती अन्तरग बडा नं १को संयोजकमा लोक बहादुर गरुङ,बडा नं २मा सन्तोष भण्डारी, बडा नं३मा निराज पुन, बडा नं४मा कुलबहादुर परियार, बडा नं५मा सारदा रानाभाट, बडा नं६मा रवि अधिकारी, बडा नं७मा सावित्री जिसी, बडा नं८मा रामबहादुर थापा, बडा नं९मा बुद्धिनाथ भटराई, बडा नं१०मा खगराज पाण्डे र बडा नं११मा रामबहादुर केसी रहेका छन्।
यसै गरि तयारी समितीको सक्रियतामा बडा नं१२मा माधब तिबारी, बडा नं१३मा प्रेमकाजी गुरुङ, बडा नं१४मा सुबर्ण बाग्ले, बडा नं१५मा लक्ष्मण सुवेदी, बडा नं१६मा मानबहादुर पोख्रेल, बडा नं१७मा शिबराज अधिकारी र बडा नं१८मा कृष्ण बहादुर केसीलाई चयन गरिएको हो।
सबै बडामा भएको भेलामा राप्रपा नेपाल महिला संगठनकी केन्द्रिय उपाध्यक्ष पार्बती गौतम,क्षेत्र नं १का क्षेत्रिय अध्यक्ष नारायण सुवेदी,क्षेत्र नं ३का क्षेत्रिय अध्यक्ष कृष्ण अधिकारी,जिल्ला सदस्य हरिबहादुर जिसी,हरिबहादुर हरिजन,लेखनाथ नगर सदस्य लक्ष्मण जिसी र नगर भेला तयारी समितीका संयोजक अर्जुन बहादुर बस्नेत लगाएतले पाटीले राष्ट्रिय एकताका सबालमा उठाएका विषय बस्तुलाई समेटेर संगठीत भएर अगाडी वढ्नका लागि कार्यकर्ताहरुमा आग्रह गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .