BREAKING NEWS

Monday, July 6, 2015

पुस्तक व्यवसायी भण्डारीलाई पितृ सोक


भीमपाणि बराल
लेखनाथ २१,असार।नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी समिती लेखनाथका अध्यक्ष पुरुषोतमराज भण्डारीलाई पितृसोक परेको छ।
भण्डारीका ५५वर्षिय पिता पितृराज भण्डारीको आईतबार दिउसो उपचारका क्रममा काठमाडौको ग्राण्डी हस्पिटलमा निधन भएको हो। प्रेसर र सुगररोगले ग्रसित भण्डारीको पोखरामा उपचार हुन नसकेपछि गत बुधबार काठमार्डौ लगिएको थिए।
स्बर्गीय भण्डारीको सोमबार हिन्दु धर्म अनुसार सेती नदिको मदौरु घाटमा अन्तेष्ठी गरिएको थियो।भण्डारीको पार्थीब शरिरमा नेपाली काग्रेस लेखनाथ नगर समितीका सभापति राजेन्द्रमणि लामिछानेले पाटीको झण्डा ओडाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
सामाजीक क्षेत्रमा अग्रसर भण्डारी सामुदायीक सेबा केन्द्र लेखनाथ,नेपाल रेडक्रस सोसाईटी र नर्बदेश्वर मोक्ष आश्रमका आजिबन सदस्य समेत रहेका थिए।
स्वर्गीय भण्डारीकी आमा उत्तराकुमारी भण्डारी,श्रीमती बसुन्धरा भण्डारी छोेरा पुरुषोतमराज भण्डारी,उत्तमराज भण्डारी,छोरी सम्झना र निरु भण्डारी दुई नाती र तिन नातिना रहेका छन्

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .