BREAKING NEWS

Thursday, July 30, 2015

कास्कीमा पहिरो परि २० को मृत्यु ३४ जना वेपत्ता

कास्कीमा पहिरो परि २० को मृत्यु ३४ जना वेपत्ता 
पोखरा, श्रावण १४ ।
कास्कीको भदौरे तामागी र लुम्ले काँडेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या 20 पुगेको छ ।
बुधबार राती अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १6 र भदौरे तामागीमा चार गरी 20 जनाको मृत्यु भएको हो ।
लुम्लेमा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन भने भदौरे गएको पहिरोमा स्थानीय टीकाराम बिक, उनकी श्रीमती राजकुमारी बिक, गौरी पराजुली र करण पराजुली रहेका छन् । पहिरोमा परी लुम्लेमा तीन जना घाइते भएका छन् भने २९ जना बेपत्ता भएका छन् ।
बेपत्तामा स्थानिय बाहेकका पनि परेको स्थानियले बताएका छन् । भदौरे तामागीमा पनि १३ जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
लुम्ले ४ र ६ वडामा गएराती गएको पहिरोले २० हजार लिटरको पानी ट्याङ्की बगाउँदा स्थानीय बढी हाताहात भएको प्रहरीले जनाएको छ । घटनास्थलमा डोजर प्रयोग गरी सेना र प्रहरी उद्धार कार्यमा जुटेका छन् । घाइतेहरुलाई पोखरा ल्याइएको छ ।
उक्त स्थानमा १५ भन्दा बढी घर पुरिएको प्रहरीले जनाएको छ । उता, गएराती नै भदौरे तामागी ५ डुम्रे फाँटमा गएको पहिरोले आठ घर बगाएको छ ।
पहिरोले त्यस क्षेत्रमा रहेको अन्य ६ घरको आधा भाग भने पुरिएको छ । एक हजार मिटरभन्दा माथिबाट आएको पहिरोले भदौरेमा जाने तीन वटा पुलसमेत बगाएको छ भने पहिरो झरेर बस्ती नजिकै रहेको खहरे र हर्पन खोलासम्म पुगेको छ ।
खहरे र हर्पनखोला बढेर सुुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरो आएको स्थानीयले बताएका छन् । पहिरो बगेर फेवातालमा पुग्दा आसपासको अतिक्रमित क्षेत्र समेत डुवानमा परेको छ ।
फेवाताल बढेर अहिले हर्पन खोलाको मुहानसम्म पुगेको छ । पहिरोले नौविसे, उपल्लाखेत लगायतका क्षेत्रमा समेत केही घरमा क्षति पुर्याएको छ ।
उता, पहिरोमा परी घाइते भएका ११ जनालाई पोखरा ल्याइएको छ । प्रहरी र सेनाको टोलीले अहिले घटनास्थल पुगेर उद्धार गरिरहेका छन् । अहिले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
उता, बुधबार राती परेको अविरल बर्षासँगै पोखरा–बाग्लुङ राजमार्गको बिभिन्न स्थानमा पहिरो जांदा राजमार्ग रातीदेखि नै बन्द रहेको छ ।
अहिले राजमार्ग खुलाउने प्रयास भइरहेको छ । गएरातीदेखि यो राजमार्ग भएर चल्ने यातायात बीच बाटोमै रोकिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .