BREAKING NEWS

Wednesday, July 29, 2015

लेखनाथ लायन्स क्लबको विद्यालयलाई सहयोग

लायन्स क्लब अफ लेखनाथले भुकम्पबाट प्रभावित लम्जुङ जिल्लाको ईसानेश्वर गाविस बडा नं २को शैलेश्वर प्राविलाई अस्थाई कक्षा कोठा निर्माणका लागि आवस्यक पर्ने जस्तापात हस्तान्त्रण गर्दै क्लबका पदाधिकारीहरु साथमा ग्रहण गर्दै विद्यालय परिवार
                                                                                                                     तस्बीर भीमपाणि बराल 

लेखनाथ,१३साउन। लायन्स क्लब अफ लेखनाथले भुकम्पबाट प्रभावित लम्जुङ जिल्लाको ईसानेश्वर गाविस बडा नं २को शैलेश्वर प्राविको भौतिक निर्माणमा सहयोग गरेको छ।
गत बैशाखमा आएको भुकम्पबाट बिद्यालयको भबन पुर्ण रुपमा क्षती भएपछि अस्थाई रुपमा पढन पाठन संचालनमा सहयोग पु«¥याउने उदेस्यले लेखनाथ लायन्स क्लबको सहयोगमा पाँच कोठका लागि आवस्यक पर्ने चार बण्डल जस्ता पाता र एक थान कम्प्युटर बुधबार एक कार्यक्रमका विच हस्तान्त्रण गरिएको हो।
क्लबले सामाजीक क्षेत्रमा देखाउदै आएको उत्तरदाईत्व अन्तरगत विद्यालयको भौतीक र शौक्षिक विकासमा सहयोग पुग्ने गरि करिब ७५हजार बराबरको आर्थीक सहयोग गरेको क्लबका सचिब बुद्धि बास्तोलाले जानकारी दिएका छन्।
लेखनाथ लायन्स क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,निबर्तमान अध्यक्ष जगत बराल,द्धितिय उपाध्यक्ष सुर्यनारायण बराल,सचिब बुद्धि बास्तोला र कोषाध्यक्ष उपेन्दराज सुबेदी राजुले संयुक्त रुपमा उक्त सहयोग सामाग्री विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बुद्धिराज गुरुङ र विद्यालयका प्रधानध्यापक रामकृष्ण पोख्रेललाई हस्तान्त्रण गरेका हुन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .