BREAKING NEWS

Saturday, July 11, 2015

नामिबियासंग अंक बाड्दै नेपाल समूह ‘ए’ को शीर्षस्थानमा


काठमाडौं २७ असार । टी-२० विश्वकप छनोटको दोस्रो खेल वर्षाले रद्द भएपछि नेपाल र नामिबियाले अंक बाँडेका छन् । खेल रद्द भएपछि नेपाल र नामिबियाले एक(एक अंक बाँडेका हुन् । अंक बाँडिएपछि नेपाल दुई खेलबाट ३ अंकका साथ समूह ुएु को शीर्ष स्थानमा उक्लिएको छ ।
आयरल्यान्डको बालफेस्टस्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा भएको खेल वर्षाका कारण रद्द भएपछि दुबै टीमले एकरएक अंक पाएका हुन । जितसँगै नेपालको दुई खेलबाट ३ अंक भएको छ । नेपाल समूह ए को शीर्षस्थानमा छ ।  नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । टस हारेर ब्याटिङमा उत्रेको नामिबियाले ७।४ ओभरमा एक विकेटको क्षतिमा ६१ रन जोडेको थियो ।
खेल शुरू हुनुअघि पनि पटक पटक मैदानमा पानी परेर खेल ढिलो शुरू भएको थियो । ७ ओभरमा १ विकेट गुमाउँदै नामिबियाले ५४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिन पुग्यो । त्यसपछि पानी रोकिएर खेल शुरू भइ नामिबियाले १ विकेट गुमाउँदै ६१ रन जोडेको अवस्थामा खेल रोकिएपछि डीएल प्रणाली अपनाउँदै खेल १७ ओभरमा घटाइएको थियो ।
नामिबियाका लागि उत्कृष्ट ब्याटिङ गर्दै स्टेफन वार्डले घट बलमा अविजित ३९ रन बनाए । नेपालका लागि कप्तान पारस खड्काले १ विकेट लिन सफल भए । नेपालले पहिलो खेलमा अमेरिकालार्इ ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । नामिबिया भने आयरल्यान्डसँग पराजित भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .