BREAKING NEWS

Saturday, July 25, 2015

वड्स एकेडेमीमा सम्मान कार्यक्रम


लेखनाथ, ९ साउन
पोखरा ६ वैदाममा अवस्थित वड्स एकेडेमिमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा २०७१ सालको एस एल सि परिक्षामा एन प्याब्सन प्रथम हुन सफल मेधावी छात्र सुवास सुवेदी लगायत अन्य विद्यार्थीहरुलाई सम्मान गरीएको थियो । उक्त कार्यक्रममा माध्यमिक तहमा अध्यापन गराउने विज्ञान शिक्षक विष्णुहरी देवकोटा, नेपाली शिक्षक गीता डुम्रे, गणित शिक्षक तिथएराज सुवेदी र वातावरण तथा जनसंख्या शिक्षक प्रमोद न्यौपानेलाई सम्मान गरीयो । कार्यक्रममा वोल्दै विशेष अतिथी ताल वाराही उच्च मावी विद्यालय व्यवस्थापन समीतीका अध्यक्ष प्रेमराज पहारीले सवै एकजुट भई अगाडी वढेमा विद्यालयको उत्तरोतर प्रगती गर्न सक्ने वताएता थिए । 
कार्यक्रममा वटर फलाई फाउण्डेशनका सस्थापन गोविन्द राज पहारी र विद्यालय व्यवस्थापन समितीका सदस्य तथा सल्लाहकार इन्द्रवहादुर पौडेलले समेत मन्तव्य दिएका थिए । विद्यालयको प्रगती विवरण र भावी योजनाका वारेमा विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेले प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जगत वहादुर पहारकिो अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समितीका सदस्य तेजनारायण पराजुलीले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .