BREAKING NEWS

Tuesday, July 14, 2015

कास्कीलाई बुधवार साक्षर जिल्ला घोषणा गरिदै, सबै गाविस र नगरपालिका साक्षर


पोखरा २९ साउन । कास्कीका सबै गाउ विकास समिति र नगरपालिका साक्षर घोषणा भएका छन् । कास्कीका ३२ गाविस , एउटा उप—महानगरपालिका र एउटा नगरपालिकाका १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशत मानिस साक्षर भएपछि बुधवार जिल्लालाईनै साक्षर घोषणा गर्न लागिएको छ ।
जिल्ला शिक्षा अधिकारी अम्बीका प्रसाद आचार्यका अनुसार घोषणा सभाको सम्पूर्ण तयारी पुरा भएको छ । ‘साक्षर कास्की हाम्रो गौरब साक्षर बनी गरौं पौरख’ भन्ने मुल नाराका साथ बुधवार शिक्षा मन्त्री चित्रलेखा यादवले साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको हो ।
कार्यक्रमको अवसरमा विपी चोकबाट सभागृहसम्म बृहत ¥याली समेत हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०६६÷६७ बाट साक्षरता अभियान चलेको कास्कीमा २०७० भित्रै साक्षर जिल्ला घोषणा गर्नुपर्नेमा आन्तरिक तयारी नपुगेको भन्दै यो आर्थिक बर्षको अन्तमा मात्रै घोषणा गर्न लागिएको हो । कास्कीमा सबैभन्दा पहिले साविकको हेमजा गाविस २०७० भदौ १३ गते साक्षर गाविस घोषणा भएको थियो भने अन्तमा असार २९ गते मंगलवार पोखरा उपमहानगरपालिका साक्षर नगर घोषणा भएको हो ।
नगरक्षेत्रमा रहेका ५ हजार २ सय ७९ निरक्षर मध्ये अहिलेसम्म ४ हजार ३ सय ९७ जना साक्षर भैसकेको सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापा मगरले जानकारी दिए । तिमध्ये ३ हजार ३ सय २३ जना महिला छन् भने १ हजार ३६ जना पुरुष छन् ।
२०६७ को तथ्याकं अनुसार कास्कीमा ३३ हजार ६ सय ७५ जना निरक्षर थिए । त्यसपछि सञ्चालन भएको अभियानका क्रममा अहिलेसम्म करिब २७ हजार जना साक्षर भैसकेका छन् । जिल्लामा करिब ७ हजार निरक्षर रहेको पछिल्लो तथ्याङ्क आएपनि ९९ वटा सामुदायिक बिद्यालयलाई परिचालन गरी साक्षर बनाउने काम भैरहेको थापा मगरले बताए । ब्यक्ति प्रणाली अन्तर्गत एक बिद्यार्थी एक निरक्षरको अबधारणाको आधारमा निरक्षरलाई साक्षर बनाउने काम भैरहेको उनले बताए ।
अन्तरराष्ट्रिय मापदण्ड अनुसार नगरपालिका र गाविसमा रहेका १५ देखि ६० बर्षसम्मका ९५ प्रतिशत निरक्षर साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्ने प्रावधान छ । त्यसभन्दा माथि साक्षर प्रतिशत आएमा पूर्ण साक्षर घोषणा गर्न सकिनेछ । नेपाललाई सन् २०१५ सम्ममा साक्षर घोषणा गर्ने योजना अनुरूप साक्षरता अभियान तीव्र पारिएको हो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .