BREAKING NEWS

Friday, July 10, 2015

आइतबारबाट अनेरास्ववियुले पोविवि पदाधिकारीहरुलाई निषेध गर्ने


पोखरा २६ असार । पोखरा विश्वविद्यालयको समस्या झनै बढ्दै गइरहेको छ । आन्दोलनरत अनेरास्ववियुले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको नयाँ चरणका कार्यक्रमहरु घोषणा गरेको छ । नयाँ कार्यक्रमहरुमा पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेश निषेध देखि देशभरका कलेजहरु तथा परिक्षा नियन्त्रण कार्यालय ठप्प पार्नेसम्मका छन् ।
शनिबार अनेरास्ववियु पोखरा विश्वविद्यालयका सह–ईञ्चाज कनिश पटेल र अनेरास्ववियु गण्डकीका सह–ईञ्चाज नरेश रोकायाले संयुक्त रुपमा जारी गरेको दोस्रो चरणका कार्यक्रमहरुमा आइतबार देखि माग पुरा नहुञ्जेलसम्म विश्वविद्यालयका पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेश निषेध, सोमबार दखि पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धप्राप्त कलेजहरुमा प्राचार्य कक्ष र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी र मंगलबार पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धप्राप्त कलेजहरु अगाडी विरोध प्रदर्शन तथा पदाधिकारीहरुको पुत्ला दहनको कार्यक्रम घोषणा गरिएको छ । यस अघि नै देशभर पोविवि अन्तर्गतका कलेजहरुको प्रशासन शाखामा ताला लगाइसकेको अनेरास्ववियुले असार ३० देखि पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धप्राप्त कलेजहरु तथा परिक्षा नियन्त्रण कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .