BREAKING NEWS

Wednesday, June 17, 2015

लेखनाथमा रत्तदान ४२युनिट रगत संकलन

भीमापाणि बराल
लेखनाथ,३१असार। होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथले वुधबार राखेको आकस्मीक रक्तदानमा ४२युनिट रगत संकलन भएको छ। 

महाभुकम्प पछि देशमा देखिएको रगतको अभाबलाई कम गर्न एसोसियसनले लेखनाथको बेगनासतालमा राखेको खुल्ला रक्तदानमा ४२ युनिट रगत संकलन भएको हो।

होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथले राखेको रक्तदानका पहिलो रक्तदाता लेखनाथ नगरपालिकका कानुनी सल्लाकार राममणि अधिकारीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लेखनाथ उद्योग बाणिाज्य संघका अध्यक्ष बावुराम गिरीले रत्तदान भनेको महादान हो महादान भनेको जिबन दान भएको विचार राखेका थिए।

होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथलका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका प्राविधिक माधव पोख्रलले रक्तदानको महत्ब र के कस्ता ब्यक्तिहरुले रत्तदान गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफुले ५१पटक सम्म पनि रक्तदान गर्दा शरिरमा कुनै कमजोरी नभएको  झनै फाईदा भएको विचार राखेका थिए।

सोही अवसरमा पोखरा विश्ब विद्यालयका मानविकी संकायका डिन डाक्टर ईन्द्र तिबारी,बेगनासताल बस संचालन समितीका सचिब कृष्णप्रसाद ढुगाना,लेखनाथ हाडबर्यस एसोसियसनका अध्यक्ष ऋषिराम भण्डारी,सस्थाका निर्बतमान अध्यक्ष किरणराज खनाल र सल्लाकार दामोदर भक्त थापा लगाएतले रक्तदानको महत्ब र उपयोगीताका बारेमा जानकारी गराएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .