BREAKING NEWS

Friday, June 5, 2015

काँग्रेस नेता पौडेलको शोक सभा

लेखनाथ, जेष्ठ २२
नेपाली काँग्रेसका नेता चन्द्रमणी पौडेलको तेह्रौं पुण्य तिथिका अबसरमा उनको निबास लेखनाथ २ अर्घौमा शुक्रबार शोक सभा सम्पन्न भएको छ । संविधान सभा राज्य ब्यबस्था समितिका सभापति एबं् नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिल बहादुर घर्तीको प्रमुख आतित्थ्यतामा सम्पन्न शोक सभामा ने.का. पूर्ब महामन्त्री तारानाथ रानाभाट ,सभासद् यज्ञ बहादुर थापा ,जीबन परियार ,शारदा पौडेल ,नेता शोभियत अधिकारी ,वडा नं २ का अध्यक्ष जग बहादुर गुरुङ्ग ,लेखनाथ नगर अध्यक्ष राजेन्द्रमणि लामिछाने लगायतले स्वर्गिय पौडेलको राजनैतिक योगदानको कदर गरेका थिए । पौडेलका आफन्त लक्ष्मी प्रसाद त्रिपाठीले स्वार्गिय पौडेलको जीबनी माथि चर्चा गरेका थिए भने छोरा बिबेक पौडेलले धन्यबाद ज्ञापन गरेका थिए । ने.का क्षेत्र नं १ कास्कीका सभापति विर्जमान गुरुङ्गको सभापतित्वमा सम्पन्न शोक सभाको संचालन सचिब सुरेन्द्र अधिकारीले गरेका थिए ।स्वर्गीय पौडेल ने.का कास्कीका पुर्ब सह सचिब तथा बर्तमान महासमिति सदस्य रहेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .