BREAKING NEWS

Monday, June 29, 2015

आज असार १५ (धान दिवस) , पोखरामा रोपाई महोत्सब हुदै


गोकुल बानियाँ, पोखरा १५ असार । आज असार १५ अर्थाता धान दिवस । पोखरा, काठमाण्डौ, चितवन लगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।
यसै अबसरमा रोपाई महोत्सबको १२ औं संस्करण आज पोखरामा हुदैछ । पोखरा आएका विदेशी पर्यटकलाई पनि असार १५ को महत्व दर्शाउन पोखरा पर्यटन परिषद्ले बिगत १२ बर्षदेखि महोत्सब गर्दै आएको छ ।
पोखरा सबै मौषमको लागि भन्ने नारा सहित आयोजित महोत्सब पोखरा १७ बिरौटाफाटमा हुदैछ । स्थानीय कृषक शम्सेरबहादुर पौडेलको ११ रोपनी क्षेत्रफल खेतमा हुने महोत्सवमा एक सय भन्दा बढी विदेशी पर्यटकले सहभागिता जनाउने परिषदका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए ।
भूकम्पपछि सुनसान अवस्थामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न पनि यस बर्षको महोत्सब सफल हुने बिश्वास गरिएको छ । सकेसम्म धेरै विदेशी पर्यटकलाई महोत्सवमा उपस्थित गराई हिलोमा खेलाउने आयोजकको लक्ष्य छ ।
पर्यटकलाई लक्षित गरी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम पनि समावेश गरिएको महोत्सब संयोजक महेन्द्र श्रेष्ठले बताए । हिलो खेल्दै धान रोप्ने र विदेशी पर्यटकले पनि खेतालाको भूमिकामा महोत्सवमा रमाउने आयोजकले जनाएको छ । महोत्सवमा साउने प्रतियोगिता, असारे गीतसँगै रोपाई, विदेशी र नेपाली सहित विभिन्न समूहको रस्साकस्सी, माछा समाउने, हिलेदौड लगायतका प्रतियोगिता समावेश गरिएको छ ।
PP

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .