BREAKING NEWS

Thursday, June 4, 2015

लेखनाथ १७ मा जनस्तरबाट खानेपानी


लेखनाथ, जेष्ठ २१
कास्की जिल्ला लेखनाथ नगरपालिका वडा न. १७ तोरिचौर–सिस्ने स्थित श्री कालिका सामुदायिक डिप बोरिङ् खानेपानी आयोजनाको पाईप लाइन खन्ने र पुर्ने कार्य स्थानिय स्तरवाट सम्पन्न भएको छ ।उक्त खानेपानी आयोजनाको सुपरिवेक्षण जिल्ला खानेपानी तथा सुपरिवेक्षण कार्यालयले गरेको छ ।आज भन्दा ४ वर्ष अगाडि स्थानिय जनतावाट करिवन ३५ लाख रुपँया उठाई बोरिङ् गर्ने कार्य र टङकी निमार्ण गर्ने काम सम्पन्न भईसकेको कार्यलय सचिव श्री श्रीधर आचार्यले जानकारी दिनुभयो ।
यस वर्ष प्राप्त अनुदानवाट घर घरमा धारा पूर्याउन वजेटको अभावका कारण पाईप लाइन विस्तारको लागि लाईन खन्ने र पाइप विछ्याई पुर्ने काम सम्पन्न भएको अध्यक्ष श्री कुल प्रसाद पौडेलले जानकारी दिनुभयो ।चर्को घामको पर्वाह नगरि लाभान्वित ३०० घर धुरिवाट जनश्रमदान भएको जानकारी सचिव श्री सुन्दर दाहालले दिनुभयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .