BREAKING NEWS

Monday, June 8, 2015

मेट्रो बैकको छौटौ साखा लेखनाथमा


भीमपाणि बराल
लेखनाथ,२५जेठ।
पोखराको न्यूरोडमा प्रधान कार्यलय भएको मेट्रो डेभलपमेन्ट बैकले कास्कीको लेखनाथमा छौटौं शाखा स्थापना गरेको छ। शाखा कार्यलयको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले बैक तथा वित्तीय सस्थाले जनतालाई दिने सेबा तथा सुविधालाई समयानुकुल परिबर्तन गर्दै एकिकृत सेबालाई अगाडी वढाउनु पर्नेमा जोड दिएका थिए।
बैकहरुले आर्थीक आर्जनका माध्यमलाई मात्र नहेरी स्थानीय स्थरको सामाजीक विकासका लागि पनि सहकार्य गर्दै अगाडी वढ्नका लागि सुझाब दिदै प्रशासक थपलियाले जनताको घर दैलोमा पुगी कृर्षीमा आधारीत उत्यादनमुखी क्षेत्रमा लगानी गर्नपर्ने धारणा राखेका थिए।
सोही अवसरमा बैकका पुर्व अध्यक्ष पुप्पराज तिबारीले बचतले पुजि निर्माण गर्छ जसका माध्यमबाट आय आर्जनमा टेवा पुग्ने र त्यसले समग्र देशको अर्थतन्त्रलाई सहयोग पु¥याउने भएकाले बचत नै पहिलो प्रथामीकता भएको विचार राखेका थिए।
बैकका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुर्यप्रसाद तिबारीले बैकको बर्तमान अबस्था र भावीयोजनाका बारेमा जानकारी गराएका थिए।
सोही आवसरमा लेखनाथ नगरपालीकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गीरि,लेखनाथ हाडबर्यस एशोसियसनका अध्यक्ष ऋषिराम भण्डारी,लगाएतले लेखनाथमा आएका बैक तथा वित्तीय क्षेत्रले यस क्षेत्रको विकासमा सकरात्मक सन्देश दिने धारणा राखेका थिए।
बैक संचालन समितीका सदस्य नन्द श्रेष्ठले स्बागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन कर्मचारी देबराज पौडेलले गरेका थिए। बैकको अधिकृत पुँजी ३०करोड र चुक्ता पुँजी १८करोड ५६लाख रहेको छ भने सो बैकले चैत्र मसान्त सम्ममा पाँच करोड ३७लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .