BREAKING NEWS

Friday, June 26, 2015

मापदण्ड विपरित संचालीत मासु पसललाई कारबाही गरिने

लेखनाथ,११असार। 
सरकारीले तोकेको मापदण्ड विपरित संचालीत मासु पसलहरुलाई लेखनाथ नगरपालिकाले कारबाही गर्ने भएको छ।लेखनाथ नगरपालिकाको अगुबाई र गुणस्थर तथा नापतौल कार्यालय पोखराको सहयोग एंबम बिभिन्न सघ सस्थाहरुको सहभागीतामा सुक्रबार देखि सुरु भएको पसल अनुगमनका क्रममा मापदण्ड विपरित संचालन गरिएका पसलहरुलाई पक्रिया मिलाई कारबाहि गर्ने निधो गरेको हो।
जनताको स्वास्थ्यमा प्रतक्ष्य अपर पु¥याउने मासु तथा खाद्यय सामाग्रीका पसलहरुले दर्ता नगर्ने,मुल्य सुचि नराख्ने,सरसफाईमा ध्यान नदिने,समय गुजीर्यका सामानहरु राख्ने र एकै ठाउमा मासु तरकारी,मल,कपडा तथा फलफुलहरु राख्ने गरेको पाईएकाले त्यस्ता पसलहरुलाई कारबाही गर्नु पर्छ टोलीको निश्कर्स रहेको छ।
टोलीले सुक्रबार लेखनाथको मोहोरिया,नहरचोक र वेगनास ताल बरपर रहेका मासु तथा माछा  पसल,खाद्यय सामाग्री,तरकारी तथा फलफुल पसलको अनुगमन गरि आधारभुत आवस्यक पुरा गरि ब्यवसाय संचालन गर्नका लागि आवस्य सुझाब दिएको छ।
निरिक्षणको क्रममा कमजोरी देखिएका पसलेहरुले तोकेको समयाबधि भित्र सुधार नगरि पसल संचालन गरेको पाईएमा राज्यले तोकेको दर्ता खारेजे,जरिबाना तथा पसल नै बन्दा गराउन समेत सक्ने भएको छ।
टोलीका लेखनाथ नगरपालिकाको तर्फबाट प्रशासन साखाकी सावित्रा पौडेल,ईन्जिनियर रबिचन्द्र घिमीरे,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,उपभोक्ता मञ्च कास्कीका सचिब मिलन प्रसाद तिबारी, गुणस्थर तथा नापतौल कार्यालय पोखराका प्राविधिक रघुनाथ पौडेल,पशु चिकित्सक हुमराज तिमिल्सिना,पशु सेबा कार्यलय कास्कीका मासु सुपरिबेक्षक डाक्टर गणेस केसी,पत्रकार भीमपाणी वराल र राजनितीक दलका प्रतिनिधी प्रेम श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .