BREAKING NEWS

Saturday, June 6, 2015

एल आई सी नेपालद्धारा मृत्युदावी रकम हस्तान्त्रण

लेखनाथ, २३ जेठ
एल आई सी नेपाल पोखरा साखामा जीवन विमा गरि बैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मन बहादुर मिजारको परिबारलाई मृत्युदावीको रकम हस्तान्त्रण गरिएको छ। विगत तिन बर्प पहिला जीवन विमा गरेका लेखनाथ नगरपालिका बडा नं ११ पचभौया निबासी मन बहादुर मिजारकी श्रीमती तारामाया मिजारलाई 
सनिबार एल आई सी नेपालका एजेन्सी मेनेजर केदारनाथ अधिकारीले छ लाख ६३हजार २६रुपियाँको चेक हस्तान्त्रण गरेका स्वर्गीय मिजारले तीन बर्ष पहिला तिन लाख १५हजार बराबरको विमा गरेका थिए भने उनेले अहिलेसम्म ९०हजार रकम मात्र बुभाए पनि कामको सिलसिलामा मलेसियामा दुर्घटनामा परि ज्यान गुमाए पछि उनको आश्रीत परिबारलाई उक्त रकम हस्तान्त्रण गरिएको हो ।
लेखनाथको पचभौयामा राखिएको कार्यक्रममा बोल्दै स्थानीय समाजसेबी  दिननाथ ढकाल,एजेण्ट मुरली मोहन तिबारी,भीमपाणि बराल,टेकनाथ गौतम,तिलकशाली सापकोटा र संकरराज तिबारीले बिमा जोखिम बहन र सुरक्षीत लगानीको भरपर्दो माध्य भएको विचार राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .