BREAKING NEWS

Friday, June 5, 2015

कास्कीको लेखनाथमा बम फेला

पोखरा, २२ जेठ
कास्कीको लेखनाथमा बेवारिसे सकेट बम फेला परेको छ । लेखनाथ १ मुसेखोलास्थित सिद्धि बिनायक गिट्टी वालुवा उद्योगमा बोरामा राखिएको अवस्थामा १४ वटा वम भेटिएको हो । बम भेटिएको स्थानलाई प्रहरीले घेरा हालेर कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।
प्रहरीको अनुसार लेखनाथ १ स्थित बगारी डाँडाबाट टिप्परमा हालेर ल्याएको बालुवामा बम परेको हो ।
बालुवा ल्याएर झार्ने बेलामा बोरामा राखेको अवस्थामा बम भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक केदार रजौरेले जानकारी दिनुभयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .