BREAKING NEWS

Thursday, June 18, 2015

लेखनाथ साना सहरी खानेपानीको महसुल अनलाईनबाट तिर्ने सकिने

भीमपाणि बराल, लेखनाथ ३ असार
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाबाट वितरण हुदै आएको खानेपानीको महसुल ईसेबा अनलाईनबाट तिर्न पाईने भएको छ।
असार ४ गते हुने १४औं साधारण सभाबाट अनलाईन विल भुत्तानी सेबा सुभारभ गर्ने कार्यक्रम अन्तरग विहिबार राखिएको पत्रकार सम्मेललनमा ईसेबा अनलाईन पेमेन्टका बारेमा जानकारी गराईएको हो। लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले नेपालमा नै पहिलो पटक उपभोक्ताको हितलाई ध्यानमा राख्दै आधुनिक प्रणाली अनलाईन पेमेण्ट सिस्टमलाई अगाडी सारेको हो।
अनलाईन पेमेण्ट प्रणाली लागु भएपछि उपभोक्ताले बस भाडा खर्च गरेर सस्थाको कार्यलय खुदीमा गएर महसुल तिनुको सटटा आफनै घरमा होस् बा नजिकको सेबा केन्द्रबाट सजिलैसग पानीको ििवल तर्न सक्ने भएका छन्। जसले गर्दा एका तिर उपभोत्ताको समय वचत हुन्छ भने आर्को तर्फ पौसा तिर्न कै लागि लाईनमा बसिरहनु पर्ने छनै सस्थाका अध्यक्ष बोधराज लामीछानेको भनाई छ।
लेखनाथ साना सहरीले वितरण गर्दै आएको खानोपानीको विल ग्रहाकले घर अथबा नजिकको ईसेबा उपलब्ध साईबर तथा कम्युनिकेसनबाट तर्न पाउने व्यबस्था अनुसार नगर क्षेत्रका मुख्य मुख्य ब्यापारीक केन्द्रमा इसेबा जोन तथा इसेबा प्वाईण्ट राखिएको छ। जाहाँबाट ग्राहकले आफुले प्रयोग गरेको पानीको महसुल मोबाईल तथा ईन्टरनेटको माध्यमबाट सजिलैसग तिर्न सक्ने छन्।
समितीले गत वर्षदेखी नै अगाडी सारेको कार्ययोजना अन्तगत पेमेण्ट गेटबे कम्पनी ईसेबासँग सम्भौता गरि सेबालाई अगाडी वढाउन लागेको हो। सस्थाले उपालब्ध गराएको सेबाबाट सात हजार नौ सय ६२ उपभोक्तामा सहयोग पुग्ने विश्बास समेत लिइइएको छ।
सस्थाका अध्यक्ष बोधराज लामीछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्थाका कार्यलय प्रमुख शिब अमात्यले सस्था सस्थापना देखि बर्तमान अवस्था र भावी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने पेमेण्ट गेटबे कम्पनीका निर्देशक अस्गर अलिले ईसेबाका बारेमा जानकारी गराएका थिए। सस्थाका सचिब हरि लामीछानेले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष विष्णु बरालले धन्यबाद ज्ञापन गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .