BREAKING NEWS

Wednesday, June 3, 2015

पोखरा विश्ब विद्यालयको बाहै दीक्षान्तमा करिब चार हजार विद्यार्थी दीक्षित विश्ब विद्यालयको कोषलाई परिमार्जन गर्दै देशको पुन निर्माणमा जुटौंःमन्त्रि आचार्य

पोखरा विश्ब विद्यालयको बाहै दीक्षान्तमा करिब चार हजार विद्यार्थी दीक्षित विश्ब विद्यालयको कोषलाई परिमार्जन गर्दै देशको पुन निर्माणमा जुटौंःमन्त्रि आचार्य

सन्दिप पौडेल
लेखनाथ २०,जेठ।
पोखरा विश्ब विद्यालयको बाहैं दीक्षान्त समारोह बुधबार पोखराको प्रदशनी केन्द्रमा सम्पन्न भएको छ। विश्वविद्यालयका चारवटा आंगिक महाविद्यालय र ५८ वटा सम्वन्धन प्राप्त महाविद्यालयहरु मार्फत विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि र एम फिल तहमा पढाई सकी उत्तीर्ण भएका तीन हजार नौ सय ३६ विद्यार्थीहरुलाई दीक्षित गरिएको हो।विश्वविद्यालयका कुल ४४ वटा कार्यक्रमहरुमा आंगिक तथा सम्वन्धन प्राप्त महाविद्यालयहरु तर्पm करीव २८ हजार भन्दा वढी विद्यार्थीहरुले अध्ययन गरिरहेका समारोहमा विसं .२०७२ सालको ओसिम स्वर्ण पदकवाट कम्प्यूटर एप्लीकेशन स्नातक तहमा सवैभन्दा वढी अंक ल्याउने नमिता वांस्तोला र उप–कुलपति पदकवाट विज्ञान 
तथा प्रविधि संकाय ईलेक्ट्रीकल एण्ड ईलेक्ट्रोनिक्सका भरत लामिछाने र स्नातकोत्तर तहमा सवै भन्दा वढि अंक ल्याउने व्यवस्थापन संकायका उमेश अग्रवाल कुलपति पदकबाट  सम्मान गरिएको थियो । 

सधै जसो लेखनाथमा हुदै आएको दीक्षान्त समारोहा यस पटक शान्ति सुरक्षा,भुकम्प र बर्षादको समयलाई मध्यनजर राख्दै पोखराको प्रदर्शनी केन्द्रमा राखिएको हो ।कार्यक्रममा प्रधानमन्त्रि तथा पोखरा विश्ब विद्यालयका कुलपति शुशिल कोईराला आउने कार्यक्रम रहे पनि विशेष कारणले प्रधानमन्त्रिको अनुपस्थीतिमा आउनु भएको कार्यबाहक सह कुलपति,बन तथा भु संरक्षण मन्त्रि महेश आचार्यले विश्ब विद्यालयको कोर्षलाई समयानुकुल परिबर्तन गर्दै देशको पुन निर्माणमा लाग्नु पर्नेमा जोड दिएका थिए।देशमा विभिन्न किसिमका विपत्तीहरु आउन सक्छन् ,त्यस तर्फ ध्यान दिदै अवको जनशत्तिले त्यस्ता विपत्तीलाई सामान र समाधान निकाल्न सक्नुपर्छ उनको सुझाब थियो।

बिपत्ती प्रति कत्ती पनि विचन नभई विदेशी सहयोगबाट होईन स्वदेशीहरुबाटै समस्याको समाधान गर्ने जनशक्ति चाहिएको छ त्यसैले विश्ब विद्यालयको कोर्षमा ती विषयहरुलाई समाबेस गर्न पर्छ मन्त्रि आर्चायको भनाई थियो। दीक्षान्त समारोहलाई सम्वोधन गर्दै वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले 
महाभूकम्पले ल्याएको विपत्तिपछि सवै राजनैतिक दलहरु पक्ष र विपक्षमा नलागी एक ढिक्का भएर  विपत्तिको सामना गर्नु सुखद पक्ष भएको टिप्पणी गरेका थिए । 

गएको वैशाख १२ गते गएको भूकम्पले देशका धेरै भू–भागमा ठूलो जनधनको क्षति पुर्याई जनजीवनलाई मर्माहत पारेको वताउंदै मन्त्री आचार्यले यस विपत्तिमा क्षतिग्रस्त संरचनाको पुननिर्माणमा युवाशक्तिको भूूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।

विश्वविद्यालयवाट उपाधि प्राप्त गरेको जनशक्तिले आफुले पाएको सीप र ज्ञान भूकम्पवाट पीडित जनताको सेवामा लगाउनु पर्नेमा जोड दिंदै उनले भोलिको विपत्तिवाट  जोगिन सक्ने खालका  भवन निर्माण गर्न जनतालाई सचेत वनाउनु पर्ने वताए मन्त्री आचार्यले हामीसंग साधन र श्रोत कम भएपनि दातृ निकायसंग कांधमा काध मिलाएर हौसलाका साथ नयां ढंगले अगाडि वढ्नु पर्ने वेला आएको उनको घारणा थियो ।
कार्यक्रममा शिक्षाविद् प्रा.डा..केदारभक्त माथेमाले विश्वविद्यालयवाट दीक्षित भइसकेपछि विद्यार्थीहरु भविष्य निर्माणको लागि नयां मोडमा उभिएको वताउंदै विद्यार्थीहरुको मेहनतले नै आत्मवल र नैतिक शक्तिले भविष्य उज्जवल वनाउन सक्ने विचार व्यक्त गरेका थिए ।

यस अघि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा .डा .विष्णुराज तिवारीले  आफुले आर्जन गरेको ज्ञान र सीप देशको  पुननिर्माण र  आफनो उज्जवल भविष्य निर्माण गर्ने कार्यमा सदुपयोग गर्न सफलता मिलोस भनी शुभकामना दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .