BREAKING NEWS

Monday, June 29, 2015

एक दिने मध्यस्तकर्ता सम्बन्धी गोष्ठी सम्पन्न

ल्ोखनाथ १४ असार
लेखनाथ नगर स्तरीय एक दिने मध्यस्तकर्ता सम्बन्धी गोष्ठी तालिम सम्पन्न भएको छ । लेखनाथ नगरपालीका कार्यलयको सभाहलमा भएको गोष्ठीमा कास्की जिल्ला अदालतका उपसचिव दिनवन्धु वरालले सहजीकरण गरेका थिए । सामुदायिक मेलमिलाप सेवा समितीको आयोजनामा भएको कार्यक्रममा नगरपालीकाका कानुन अधिकृत राममणी अधिकारी, नेकपा एमालेका नगर अध्यक्ष मोहन गुरुङ्ग, नेकपा एकिकृतका नगर अध्यक्ष प्रेमकाजी गुरुङ्ग लगाएतले वोलेका थिए । कार्यक्रममा सहजकर्ता वरालले कास्की जिल्लामा मेलमिलापको अवस्था र कसरी मध्यस्तकर्ता वन्न सकिने भन्ने विषयमा महिला, युवा, राजनितिज्ञ लगायतलाई सहजीकरण गरेका थिए । लेखनाथ मेलमिलाप सेवा समितीको आयोजनाका अध्यक्ष शिवमणी भट्टराईको सभापतीत्वमा सम्पन्न गोष्ठीको सञ्चालन हरि पण्डितले गरेका थिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .